Logo

डिशहोमको फेस्टिभ फाइबरनेट, ‘फास्टेस्ट इन्टरनेट’ प्याकेज अफर सार्वजनिक

डिशहोमको फेस्टिभ फाइबरनेट, ‘फास्टेस्ट इन्टरनेट’ प्याकेज अफर सार्वजनिक



काठमाडौं । डिशहोम फाइवरनेटले नयाँ ब्याण्डविथका साथ आकर्षक मूल्यमा ‘फास्टेस्ट इन्टरनेट’ प्याकेज ल्याएको छ । फेस्टिभ फाइबरनेट नाम दिइएको अफरअनुसार ८७० रुपैयाँ प्रतिमहिनामा २०० एमबीपीएसको इन्टरनेट प्याकेज उपलब्ध हुने कम्पनीले जनाएको छ ।

त्यस्तै प्रति महिना रु ५९५ मा ७५ एमबीपीएस रु ६८७ मा १०० एमबीपीएस, ८२४ मा १५० एमबीपीएस र रु ९१६ मा २५० एमबीपीएसका प्याकेजहरु उपलब्ध हुने छ । यो अफरअनुसार एक बर्षको जडान गर्ने ग्राहकले ५जी डुअल ब्यान्ड राउटर पनि सित्तैमा पाउन सक्नेछन् ।

साथै इन्टरनेटसँगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले रु। २५० प्रति महिनामा डिसहोम आई टिभीको सेवा पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL