Logo

नेपाल लाइफको डाइनामिक क्युआर पेमेन्ट प्रणालीको शुरुवात, ई-सेवा सँगको सहकार्य

नेपाल लाइफको डाइनामिक क्युआर पेमेन्ट प्रणालीको शुरुवात, ई-सेवा सँगको सहकार्य



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई-सेवा सँगको सहकार्यमा डाइनामिक क्युआर पेमेन्ट प्रणाली संचालनमा ल्याएको छ । आइतबार कम्पनीको काठमाडौँ शाखामा आयोजित एक विशेष समारोहक बिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रवीण रमण पराजुलीले रिबन काटेर उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

laxmi

नेशनल सेल्स हेड उमापति पोखरेलले डाइनामिक क्युआरको माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको प्रिमियम भुक्तानी गरि सेवाको सुचारु गरिन् । यो सेवा सुचारुका साथै नेपाल लाइफ इन्स्योरेन्स डाइनामिक क्युआर पेमेन्ट प्रणाली सेवा उपलब्ध गराउने नेपालकै पहिलो र एक मात्र जीवन बीमा कम्पनी बनेको छ । अब नेपाल लाइफका देशै भरिका शाखा तथा उपशाखाहरूबाट डाइनामिक क्युआरको माध्यमबाट भुक्तानी गर्न सकिने छ ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज , सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्ने जनाए । डाइनामिक क्युआर पेमेन्ट प्रणालीको माध्यमबाट २ लाख रुपैयाँ सम्मको भुक्तानी ६० भन्दा बढी बैङ्क, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै गर्न सकिने कम्पनीले जनाएको छ ।

अरु छेत्रमा डाइनामिक क्युआर पहिले देखि नै प्रचलनमा भएपनि जीवन बीमा छेत्रमा भने यो नयाँ अभ्यास हो । हरेक ग्राहकको लागि फरक फरक क्युआर बन्ने र भुक्तानी गर्नसाथै आफै सिस्टममा अपडेट हुने यसको विशेषता रहेको छ ।

कार्यकममा नेपाल लाइफका कर्मचारी , अभिकर्ता र ग्राहक महानुभावहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै ई—सेवाका प्रबन्धक आशिष गौतमले नेपालकै सर्वाधिक विश्वासिलोे नेपाल लाइफ इन्स्योरेन्समा यो सेवाको शुभारम्भ गर्न पाएकोमा कम्पनी प्रति कृतज्ञता जाहेर गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL