Logo

उपाय सिटी कार्गो अब नयाँ रुपमा, नयाँ ब्राण्ड लोगो अनावरण

उपाय सिटी कार्गो अब नयाँ रुपमा, नयाँ ब्राण्ड लोगो अनावरण



काठमाडौं । उपाय सिटी कार्गोले आफ्नो नयाँ ब्राण्ड लोगो हालै अनावरण गरेको छ। अब उपाय सिटी कार्गो, ‘उपाय’को नामले चिनिने कम्पनीले जनाएको छ । कार्गोले नेपालमा व्यापारिक र निजी प्रयोजनको लागि सस्तो, भरपर्दो र पारदर्शिताका साथ ढुवानी सेवा प्रदान गर्दै आएको छ ।

उपायले प्रविधिको सही प्रयोग गरेर समग्र दुवानी व्यवसायलाई व्यवसायिक र प्रतिस्पर्धी बनाउने प्रयास गरिरहेको उपायका प्रबन्ध निर्देशक सुमन रायमाझीले बताए ।

निलो र सुन्तला रंगमा डिजाईन गरिएको उपायको नयाँ लोगोले विश्वास र उर्जालाई प्रतिक गर्न खोजेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL