Logo

विलासी वस्तुको आयात प्रतिवन्ध लम्बियो, खेलौना खाद्यान्नदेखि टिभी र तास ल्याउन खुला

विलासी वस्तुको आयात प्रतिवन्ध लम्बियो, खेलौना खाद्यान्नदेखि टिभी र तास ल्याउन खुला



काठमाडौं । सरकारले गत बैशाख १३ गतेदेखि लगाएको विलासी वस्तुको आयात प्रतिवन्ध लम्ब्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले महंगा गाडी, मोटरसाईकल, मदिरा, मोबाईललगायतको आयात २८ असोजसम्म लम्ब्याउने निर्णय गरेको हो ।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदको बैठकले उक्त वस्तुहरुको आयात प्रतिवन्ध लम्ब्याई कुरकुरे तास, टेलिभिजन, खेलौनालगायतमा भने लगाएको प्रतिवन्ध हटाएको हो ।

गत बैशाख १३ गते उद्योग मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै विभिन्न १० वस्तुको आयातमा प्रतिवन्ध लगाएको थियो । त्यसपछि पुनः असार ३१ गते पुनः आयात प्रतिवन्धलाई कडाई गर्दै १४ भदौसम्म लम्ब्याएको थियो । अब विलासी १० वस्तुमध्ये खेलौना, सुर्तिजन्य वस्तु, कुरकुरे, टिभी, तास र हिरा भने आयात गर्न पाईनेछ । तर, महंगा गाडी, मोटरसाईकल, महंगा मोबाईल र विदेशी मदिरा भने आयात गर्न नपाईने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL