Logo

ग्लोकल टिन हिरो २०२२ मा डिशहोमको पार्टनरसिप, सेप्टेम्बर १ मा अवार्ड कार्यक्रम हुँदै

ग्लोकल टिन हिरो २०२२ मा डिशहोमको पार्टनरसिप, सेप्टेम्बर १ मा अवार्ड कार्यक्रम हुँदै



काठमाडौं । नेपाल भरका किशोरकिशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै र उनिहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न आयोजना गरिने ग्लोकल टिन हिरो नेपालको आठौ संस्करणमा डिशहोमले पार्टनरसिप गरेको छ ।

नेपालभरबाट विभिन्न विधाबाट सहभागी ६ सय ४८ किशोरकिशोरीहरुले आवेदन दिएका मध्ये ६ जना प्रतिस्पर्धी ग्लोकल टिन हिरो २०२२ को फाईनलमा पुगेका छन् । सेप्टेम्बर १ मा सोल्टी होटलमा हुने सम्मेलन र अवार्ड कार्यक्रम मार्फत ग्लोकल टिन हिरो २०२२ नेपाल बिजेताको नाम घोषणा गरिनेछ ।

वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धीमा शिक्षा प्राविधिक तर्फ आशिष शाह, चलचित्र निर्माता तर्फ चितवनका विमर्ष पौडेल, महिला अधिकारकर्मी तर्फ मोरङबी दर्शना रिजाल, इकोप्रेनेउरमा अछामका निश्चल सिंह विष्ट, खगोल विज्ञान प्रेमीमा धनुषाका राहुल रञ्जन शाह, र सामाजिक कार्यकर्तामा मोरङका सृजना गौतम, मोरङ, सामाजिक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL