Logo

प्रभु क्यापिटलले हितग्राही ग्राहकको लागि विशेष अफर, ट्रान्क्वालिटी स्पाबाट सेवा लिँदा ३० प्रतिशत

प्रभु क्यापिटलले हितग्राही ग्राहकको लागि विशेष अफर, ट्रान्क्वालिटी स्पाबाट सेवा लिँदा ३० प्रतिशत



काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । १ भाद्र देखी प्रभु क्यापिटल तथा शान्ति स्पा बीचमा समझौता भएको छ ।

प्रभु क्यापिटलका हितग्राही ग्राहकले ट्रान्क्वालिटी स्पाबाट सेवा लिँदा ३० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटलको एम डाउनलोड गरी रजिष्टर भई आफ्नो डिम्याट खाता लिंक/कनेक्ट गर्नुपर्ने छ ।

हितग्राहीले विल भुक्तानी जाँच गर्दा प्रभु क्यापिटलको मोवाइल एप मा डिम्याट खाता लिंक भएको देखाउनु पर्नेछ । ट्रान्क्वालिटी स्पा को रजिष्ट्रार कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको छ । असार मसान्त २०८० सम्म सञ्चालन हुने यो अफरको लाभ प्रभु क्यापिटलका हितग्राही ग्राहकले यसको नेपालभरिका शाखाहरुबाट प्राप्त गर्न सक्नेछन् ।

यो अफर यसअघि एप डाउनलोड गरेका सम्पूर्ण हितग्राहीले प्राप्त गर्नेछन् । नेपाली पूँजी बजारमा भिडियो केवाइसी मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटलले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL