Logo

२ बर्षमा देशभर विद्युतीकरणको प्रतिवद्धता, मन्त्रीले भनीन् ‘सक्रिए भएर काम गर्नु’

२ बर्षमा देशभर विद्युतीकरणको प्रतिवद्धता, मन्त्रीले भनीन् ‘सक्रिए भएर काम गर्नु’



काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले २ बर्षमा नेपालभर विद्युत पुर्याउन निर्देशन दिएकी छन् । नेपाल विद्युत प्राधिकरणको ३७ औं बार्षिकोत्सवको अवसरमा बोल्दै उनले प्राधिकरणलाई उक्त निर्देशन दिएकी हुन् । उनले विद्युतिकरण राष्ट्रिय लक्ष्य भएकाले प्राधिकरणले दुई बर्षभित्रमा देशलाई पुर्ण विद्युतिकरण गर्न सचेत भएर काम गर्नुपर्नेमा उनको जोड दिएकी छन् । कार्यक्रममा मन्त्री भुसालले उर्जा उत्पादनमा निजि क्षेत्रको महत्वपुर्ण भुमीका रहेको बताइन । विद्युतको खपत बढाउनका लागि प्राधिकरणले विद्युतीय सवारीको प्रयोगमा जोड दिनुपर्ने बताइन ।

laxmi

कार्यक्रममा बोल्दै प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले पछिल्लो समय प्रत्येक बर्ष २० देखि ३० प्रतिशतले विद्युतको खपत बढ्नु सुखद कुरा भएको उल्लेख गरेका छन । उनले आगामी २ बर्षभित्र नेपालभर विद्युतीकरण पुग्ने प्रतिवद्धतासमेत जाहेर गरेका छन् ।

यसका साथै प्रधिकरणले पछिल्लो एक बर्षमा १६ अर्ब १६ करोड ५० लाख खुद मुनाफा गर्न सफल भएको उल्लेख गरेका हुन । उनले ३७ बर्षको इतिहासमा प्राधिकरणले पहिलोपटक गत बर्ष १६ अर्ब १६ करोड ५० लाख खुद मुनाफा गर्न सफल भएको बताए । अघिल्लो बर्षको तुलनामा नाफा बढ्नुमा विद्युत आयातमा कमी, विद्युत उत्पादनका साथै निर्यातमा भएको वृद्धी तथा अन्य खर्च नियन्त्रण लगायत कुराले उक्त नाफा आर्जन गर्न सफल भएको बताए । उनले ६ बर्ष पहिले ६२ प्रतिशत जनताले मात्र ग्रीडको विद्युत बाल्न पाएकोमा हाल ९३ प्रतिशत जनताले ग्रडिको विद्युत उपभोग गर्न पाएको जानकारी दिएका छन ।

प्राधिकरणले सरकारी तथा निजी क्षेत्रसंग सहकार्य गरि उत्पादन समिश्रणमा ठुलो क्षमताका जलासय युक्त तथा अर्धजलाशय युक्त जलविद्युत आयोजनाको विकास गर्ने भावि योजना रहेको प्राधिकरणका कार्यकारी प्रमुख घिसिङले बताए । यसका साथै उनले ३० बर्षको माग व्यवस्थापन गर्ने गरि योजना निर्माण गर्ने प्राधिकरणको योजना रहेको उल्लेख गरेका छन ।

कार्यक्रममा स्वतस्त्र उर्जा उत्पादक संघ नेपाल (इप्पान) का अध्यक्ष कृष्ण प्रसाद आचार्यले विद्युतको उत्पादन बढाउने कुरा आउदा खपत कहा र कसरी गर्ने भन्ने योजना बनाउनु जरुरी रहेको बताए ।

३७ औ बार्षिकोत्सबका अवसरमा देशभर कार्यरत प्राधिकरणका उत्कृष्ट १५ जना कर्मचारी नगद २५ हजार सहित सम्मानित भएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL