Logo

आयल निगमले भन्यो, ‘हामी अझै मासिक ६२ करोड घाटामा छौं, तेलको मुल्य घट्दैन’

आयल निगमले भन्यो, ‘हामी अझै मासिक ६२ करोड घाटामा छौं, तेलको मुल्य घट्दैन’



काठमाडौं । नेपाल आयल निगमले आफु घाटामा रहेको भन्दै पेट्रोलियम पदार्थको मुल्य समायोजन नगर्ने भएको छ । भारतीय आयल निगम९आईओसी०ले लगातार ३ पटकसम्म पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाए पनि नेपाल आयल निगमले मुल्य नघटाउने निर्णय गरेको हो । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मुल्यमा उच्च गिरावट आएसँगै पछिल्ला ३ पटकसम्म भारतबाट पेट्रोलियमको मूल्य घटेर आईसकेको छ । निगमले स्वचालित मुल्य प्रणाली लागू गरेर भारतबाट पेट्रोलियम पदार्थ आयात गर्दा मुल्य बढ्दा बढाउने र घट्दा घटाउने व्यवस्था लागू गरेपनि मुल्य घटेको अवस्थामा भने उक्त व्यवस्था कार्यान्वयनमा नल्याउने जानकारी दिएको हो ।

पछिल्लो समय आईओसीबाट मुल्य घटेर आउँदा निगमलाई खरिद मूल्यको तुलनामा पेट्रोलमा प्रतिलिटर ४।७० रुपैयाँ नाफा हुन्छ । तर, डिजल र ग्याँसमा भने क्रमशः ४।५० रुपैयाँ र ४ सय ९९ रुपैयाँ अझै घाटा व्यहोर्नुपरेको छ । भारतबाट पेट्रोलियमको मुल्य घटेर आएपनि निगमले लिएको कर्जाको ब्याज र आईओसीलाई तिर्नुपर्ने दायित्वका कारण पेट्रोलियमको मुल्य घटाउन नसकिने निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले बताए ।

मंगलबार निगममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हाल निगमले नेपाल सरकार र वाणिज्य बैंकबाट लिएको कर्जाको व्याजमात्रै मासिक १४ करोड रुपैयाँ तिर्नुपर्ने अवस्था रहेको जानकारी दिए । थानीका अनुसार आईओसीलाई तिर्नुपर्ने दायित्वका लागि निगमले सरकारबाट ५ प्रतिशतका दरले ७ अर्ब र निगमको जग्गा धितो राखेर वाणिज्य बैंकबाट ३ अर्ब गरी १० अर्व रुपैयाँ ऋण लिएको छ । सोही ऋणको ब्याजमात्रै १४ करोड मासिक तिर्नुपरिरहेको उनको भनाई थियो ।

यस्तै उनले डिजल र ग्याँसका कारण निगमले अझै पनि मासिक ६२ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने बताउँदै आईओसीलाई तिर्नुपर्ने पैसा नै नपुगेका कारण मुल्य समायोजन गर्न नसकिने बताएका हुन् ।

आईओसीले निगमलाई प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मुल्यसूची पठाउँछ । सोही अनुसार निगमले पनि तेलको मुल्य समायोजन गर्ने गरेको थियो । तर पछिल्लो समय भने दायित्व धेरै भएका कारण समायोजन नहुने बताईएको छ । यसअघि पनि निगमले ३ पल्टसम्म घटेको मुल्यसूची पाएपनि सोही अनुसार समायोजन गरेको थिएन । आईओसीले मंगलबार निगमलाई पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलको प्रतिलिटर मुल्य १ रुपैयाँ ८० पैसा र डिजेलको मुल्य ४ रुपैयाँ ८० पैसाले घटेर आएको छ । यस्तै हवाई इन्धनको मुल्य लिटरमा ५ रुपैयाँले सस्तिएर आएको निगमले जानकारी दएिको छ । नेपाली बजारमा हाल पेट्रोलको प्रतिलिटर मुल्य १८१ र डिजेलको १७२ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL