Logo

वृज सिमेन्टको सामाजिक उत्तरदायित्व, पशुपतिनाथमा निःशुल्क स्वास्थ्य शिविर

वृज सिमेन्टको सामाजिक उत्तरदायित्व, पशुपतिनाथमा निःशुल्क स्वास्थ्य शिविर



काठमाडौं । वृज सिमेन्ट इण्डष्ट्रिजले श्रावणको अन्तिम सोमबारको अवसर पारेर पशुपतिनाथमा निःशुल्क स्वास्थ्य शिविरसहितको परोपकारी सेवा सञ्चालन गरेको छ ।

सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरूलाई निःशुल्क खानेपानी, फलफुल जुस लगायतका सेवा प्रदान गरेको कम्पनीले पशुपतिनाथमा भक्तजनका हकमा भने निःशुल्क स्वस्थ्य परीक्षण समेत गरिएको हो ।

स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचापको समेत परीक्षण गरिएको थियो ।

उक्त स्वास्थ्य शिविरका अनुसार करीब २००० दर्शनार्थीले सेवा लिएका थिए । लायन्स एण्ड लियो क्लब अफ काठमाण्डौं चाबहिल, वृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL