Logo

एनएमबी क्यापिटल नेशनल पेमेन्ट स्वीचमा आबद्ध, भुक्तानी सहज

एनएमबी क्यापिटल नेशनल पेमेन्ट स्वीचमा आबद्ध, भुक्तानी सहज



काठमाडौं । एनएमबी क्यापिटल लिमिटेड नेपाल क्लियरिङ्ग हाउससँग आबद्ध भएको छ । यससँगै कम्पनीले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गरेको छ ।

यसका लागि दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेशकुमार वैद्य र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापछि एनएमबी क्यापिटलको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीएल)सँग जोडी नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ ।

सो अन्तर्गत एनएमबी क्यापिटलले एनसीएचएल–आईपीएस वा कनेक्ट आईपीएस प्रणालीहरुमार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानी तथा सम्बन्धित कारोबारहरू आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरूबीच सोझै गर्न सक्नेछन् । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीएसमा हाल ५९ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् ।

यस्तै, अन्य पिएसपी÷पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ७३ गैर–बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्टरप्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL