Logo

निम्बस इन्टरनेसनल कम्पनीले ल्यायो बलियो भर्सटाईल लेक्ट्रो ई–साइकल

निम्बस इन्टरनेसनल कम्पनीले ल्यायो बलियो भर्सटाईल लेक्ट्रो ई–साइकल



काठमाडौं । लेक्ट्रो इ–साईकलको आधिकारिक वितरक निम्बस इन्टरनेसनल कम्पनी प्राइभेट लिमिटेडले आईतबार (अगष्ट ७) मा बहुप्रतिक्षित ‘भर्सटाईल लेक्ट्रो ई–साईकल’ सार्वजनिक गरेको छ ।

laxmi

पुलचोकमा सार्वजनिक गरिएको यस विद्युतीय साइकल भारतको हिरो कम्पनीले निर्माण गरेको हो । यो विद्युतीय साइकल सहरी सडकमा साइकलमा सयर गर्न चाहने सानो तर बढ्दै गएको समूहहरूको लागि भनेर निर्माण गरिएको निम्बस इन्टरनेसनलले बतायो ।

मजबुद संरचनाको भर्सटाईल लेक्ट्रो ई–साईकलले आफ्नो वजनभन्दा चार गुणासम्म भार थेग्न सक्ने कम्पनीले बताएको छ । यसलाई पाईडलबाट वा विद्युतीय रुपमा जसरी पनि चलाउन सकिन्छ । यस सालकमा प्रयोग भएको लिथियम–आयन ब्याट्री आईपी६७ युक्त भएकाले यसलाई पानीले असर गर्दैन । ब्याट्री पुरा चार्ज हुन ५ देखि ७ घण्टा लाग्ने र एक पटक पुरा चार्ज गरेपछि त्यसले २५ किमीदेखि ६० किमीसम्म साइकल तान्ने कम्पनीले जानकारी दिएको छ ।

ब्याट्रीमा धुलोले असर नगर्ने प्रविधि रहेकाले ढुक्कसँग जुनसुकै सिजनमा चलाउन सकिने बताइएको छ । दुई वर्षको वारेन्टीका साथ आउने यो साइकललाई मोबाइल एपमार्फत पनि नियन्त्रित गर्न सकिन्छ । भर्सटाईल लेक्ट्रो ई–साईकलको वितरक निम्बस इन्टरनेसनल कम्पनी प्रालिका अनुसार नेपालमा यस विद्युतीय साइकल ११ मोडलमा पाइन्छ र तिनको मुल्य ७५,९०० देखि १,३९,००० बीचमा पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL