Logo

इसेवाबाट होटल बुक गर्न सकिने, शुक्रबार होटल बुक गरेमा ५० प्रतिशत छुटको व्यवस्था

इसेवाबाट होटल बुक गर्न सकिने, शुक्रबार होटल बुक गरेमा ५० प्रतिशत छुटको व्यवस्था



काठमाडौं । इसेवाले अनलाइनबाटै होटल बुक गर्न सकिने सेवाको सुरुवात गरेको छ । योसँगै अबदेखि ग्राहकले सहजै इसेवा मार्फत होटल बुक गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिअनुसार ग्राहकहरुले इसेवा एपमार्फत नेपालका कुनैपनि क्षेत्रका होटल बुक गर्न सक्नेछन् ।

laxmi

इ सेवामा हाल होटलहरु सूचीकरण गर्ने कार्य जारी छ । यदि अनलाइन मार्फत होटल बुक गर्ने भएमा सम्पर्क गर्न पनि इ सेवाले आग्रह गरेको छ। इ सेवामा भएका होटलहरुको सूची इसेवा होटल डटकममा गएर हेर्न सकिनेछ । इसेवा मार्फत शुक्रबार साँझ ६ बजेसम्म होटल बुक गरेमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ । हाल यो सेवा एन्ड्रोइड मोबाइलमा मात्र उपलब्ध भएपनि केही दिनमा आइओएसमा समेत उपलब्ध हुनेछ ।

इसेवामा होटल सेवा सुरु भएसँगै इ सेवाका होटल विभाग प्रमुख अनुज विष्टले भने, “विविध सेवाहरुलाई एकै ठाउँमा ल्याएर डिजिटल नेपाल र कारोबारलाई बढवा दिने परिकल्पना अनुसार हामीले अब होटलको सेवा सुरुवात गरेका छौँ । यसबाट ग्राहक र होटललाई सेवा मिल्नेछ भन्ने विश्वास लिएका छौँ ।

साथै कोभिड पछिको पर्यटन क्षेत्रको मन्दीलाई पनि यसले केही हदसम्म टेवा पुर्याउँछ भन्ने विश्वास लिएका छौँ । साथै भविष्यमा अन्तराष्ट्रिय होटलसँग पनि सहकार्य गरि अन्तराष्ट्रिय प्रयोगकर्ता र यहाँबाट बाहिर जाने व्यक्तिहरुलाई अनलाइनबाटै होटल बुक गर्ने व्यवस्था मिलाउनेछौँ ” इ सेवाले हाल एन्ड्रोइड मोबाइलमा ५२ लाख र आइओस् मोबाइलमा करिब १० लाख गरि ६० लाख बढी ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL