Logo

टाटा नेक्सन ईभीको पहिलो वर्ष पुरा, लोकप्रिय विद्युतीय गाडीको रुपमा स्थापित

टाटा नेक्सन ईभीको पहिलो वर्ष पुरा, लोकप्रिय विद्युतीय गाडीको रुपमा स्थापित



काठमाडौं । सिप्रदी ट्रेडिङले टाटा नेक्सन ईभीको नेपाली बजारमा विक्रीवितरण प्रारम्भ भएको प्रथम वर्ष बुधबार सफलतापूर्वक पूरा गरेको छ । यस ईभीको उत्पादन भारतको अग्रणी विद्युतीय गाडी निर्माता टाटा मोटर्सद्धारा गरिएको हो ।

नेपालमा विद्युतीय गाडीको अवलम्बनलाई नयाँ गति दिने उद्देश्यले सिप्रदीले नेक्सनइभी नेपालमा ल्याएको थियो । एक वर्षको छोटो अवधिमै यसले आफूलाई एक अत्यन्त लोकप्रिय विद्युतीय गाडीको रुपमा स्थापित गरेको छ । मुलुकको विद्युतीय गाडीको कुल बजारको बढी अंशनेक्सनइभी एक्लैले ओगटेको छ ।

यो उल्लेखनीय सफलताको प्रमुख कारण आकर्षक बनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून संचालनखर्च, उत्कृष्ट कार्य क्षमता आदि हुन् । यसैगरी द्रुत चार्जिङ्ग क्षमता, लामो ब्याट्री आयु र समुच्च सुरक्षाका विशेषताहरुबाट यो सुसज्जित छ । ‘फास्ट चार्जिङ्ग’ र ‘स्लो चार्जिङ्ग’ दुवैको लागि चर्जिङ्ग स्टेसनको वृहत संजाल एवं अत्याधुनिक सुविधा सम्पन्न सेवा केन्द्रले गर्दा पनि नेक्सन इभीले आफूलाई सर्वोत्कृष्ट साबित गर्न सक्षम भएको हो ।

यो गाडीलाई नेपालकै पहिलो एवं स्मार्ट इभीचर्जिङ्गएप ‘इजी“एपमार्फत चार्ज गर्न सकिछ । यो एपको प्रयोग हाल १ हजार भन्दा बढी परिवारहरूले गरिरहेका छन् । दक्ष कर्मचारी एवं भौतिक संशाधनहरुको प्रभावकारी परिचालन गरी सिप्रदीले नेक्सन इभीका हरेक ग्राहकहरुले घरमा चार्जर जडान गर्ने प्रक्रिया पनि संचालन गरिरहेको छ । यस कम्पनीको १६ डिसी फास्ट चार्जरको सबैभन्दा व्यापक संजाल रहेको छ । यस्तै, यसले हालसम्म होटेल, अस्पताल, बैंक, मल र रेस्टुरेन्ट जस्ता सार्वजनिक स्थानहरुमा १२० भन्दा बढी एसी चार्जरहरु जडान गरेको छ ।

नेक्सन इभीको नेपालमा विक्री वितरण भएको प्रथम वर्ष पूरा भएको अवसरमा यसको ग्राहकहरुलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरुको आयोजना गर्दैछ । यस्ता कार्यक्रमहरुले उनीहरुको यस गाडीसँगको सम्बन्धलाई अझ विशेष बनाउने कम्पनीले विश्वास राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL