Logo

मदिरा आयातकर्ताको निष्कर्ष : आयात प्रतिवन्धले तस्करी मौलायो

मदिरा आयातकर्ताको निष्कर्ष : आयात प्रतिवन्धले तस्करी मौलायो



काठमाडौं । मदिरा आयातकर्ता संघ नेपालले सरकारले मदिरा आयातमा प्रतिवन्ध लगाउँदा मदिराको तस्करी व्यापार मौलाएको बताएको छ । मंगलबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै संघले सरकारले राजस्वको प्रमुख स्रोत मदिरा आयातमा प्रतिवन्ध लगाई तस्करीलाई प्रश्रय दिएको बताईएको हो ।

यसअघि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले गत बैशाख १३ गतेदेखि मदिरालगायत १० वस्तुको आयातमा प्रतिवन्ध लगाएको थियो । पुनः उक्त आयात प्रतिवन्धलाई सरकारले भदौ १४ सम्म लम्ब्याएको छ ।

आयातकर्ताका अनुसार नेपालमा बर्षेनी १ करोड २० लाख अमेरिकी डलर बराबरको मात्रै मदिरा आयात हुन्छ । यो कुल आयातको जम्मा ०.१० प्रतिशत मात्रै हो ।

तर, ३ अर्ब ३० करोड रुपैयाँ बराबरको राजस्वको हिस्सा ओगटेको मदिरालाई सरकारले बेवास्ता गर्दै तस्करीलाई प्रश्रय दिएको आरोप आयातकर्ताले लगाएका छन् । मदिरा आयातमा लगाईएको प्रतिवन्धले होटल, रेष्टुरेन्ट तथा बारको आम्दानीमा पनि गिरावट आई समग्र अर्थतन्त्रमै समस्या सिर्जना हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL