Logo

प्रभु क्यापिटलको मोबाइल एप सार्वजनिक, सेयर कारोबारमा निकै सहज हुने

प्रभु क्यापिटलको मोबाइल एप सार्वजनिक, सेयर कारोबारमा निकै सहज हुने



काठमाडौं । प्रभु क्यापिटलले प्रभु क्यापिटल डिजिटल एप निर्माण गरी सञ्चालनमा ल्याएको छ ।

laxmi

सो मोबाइल एपबाट ग्राहकहरुले अनलाइनबाटै हितग्राही खाता तथा मेरो शेयर अनलाइन सेवाका लागि आवेदन दिन, भिडियो केवाइसी गर्न, हितग्राही खाताको विवरणहरु परिवर्तनका लागि निवेदन दिन, हितग्राही खाता तथा मेरो शेयरको नविकरण शुल्क भुक्तानी गर्न, मेरो शेयरको पासवर्ड परिवर्तन गर्न निवेदन तथा हितग्राही खाताको स्टेटमेन्ट माग गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस्तै मोबाइल एपबाट लगानी व्यवस्थापन सेवामा जोडिनको लागि उपलब्ध योजनामा आवेदन दिन सकिने सुविधा पनि यो एपमा रहेको छ ।

यस मोबाइल एपबाट ग्राहकहरुले नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने कम्पनीहरुको कारोबारको विवरण तथा विभिन्न परिसुचकको अवस्थाको बारेमा हेर्न पाउने सुविधा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL