Logo

एनआईबीएल एस क्यापिटल र बिजनेस सोलुसनबीच समझदारी, दुवै संस्थाका ग्राहकहरू लाभान्वित हुने

एनआईबीएल एस क्यापिटल र बिजनेस सोलुसनबीच समझदारी, दुवै संस्थाका ग्राहकहरू लाभान्वित हुने



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वािमत्वमा रहेको एनआईबीएल एस क्यापिटल र उपाय बिजनेस सोलुसनबीच एक सम्झौता भएको छ। सम्झौताअनुसार दुवै संस्थाका ग्राहकहरू लाभान्वित हुने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

उक्त समझदारी पत्रमा एनआईबिएल एस क्यापिटलको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र उपाय बिजनेस सोलुुसनको तर्फबाट महाप्रबन्धक राजु के .सीले हस्ताक्षर गरे ।

सम्झौता पश्चात दुवै संस्थाका ग्राहकहरुको व्यवसायिक जटिलताको वृहत रुपमा समस्या समाधान गर्नुका साथै धितोपत्र बजार तथा लगानी सम्बन्धि सम्पूर्ण सेवाहरु समेत प्रभावकारी रुपमा ग्राहकहरुलाई उपलब्ध गराइने भएको विज्ञप्तिमार्फत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL