Logo

दराजले आयोजना गर्‍यो पहिलो वार्षिक दराज समिट

दराजले आयोजना गर्‍यो पहिलो वार्षिक दराज समिट



काठमाडौं । पहिलो वार्षिक दराज समिट सम्पन्न भएको छ । नेपालको अग्रणी अनलाइन बजार दराजले असार १९ मा राजधानीको याक एण्ड यतिमा समिट सम्पन्न गरेको हो । एक दिनको यो उक्त कार्यक्रममा आ–आफ्नो क्षेत्रका विज्ञहरुसहित तीन फरक प्यानलहरू रहेका थिए भने प्रमुख वक्तामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेय र एमओसीआईटीका सचिव डा.वैकुण्ठ अर्याल, विशेष अतिथि राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारी रहेका थिए ।

दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले दराजले कसरी कमर्सको माध्यमबाट समुदायको उत्थान गरेर साँस्कृतिक प्रभाव पार्ने लक्ष्य राखेको बताइन् । सोही सन्दर्भमा उनले दराज ‘परिवर्तनको एक सक्रिय च्यानल’ हुन खोजेको पनि बताइन् ।

तीनवटा प्यानलले ‘नेपालमा परम्परागत कमर्सबाट ई–कमर्ससम्म’, ‘ब्लेन्डिङ अफ द मार्केट प्लेस एण्ड कमर्स फर डिजिटल इकोनोमी’ र ‘अपलिफ्टिङ कम्युनिटी द पावर अफ डिजिटल कमर्स इन नेपाल’ विषयहरू समेटेका थिए। छलफलमा सहभागी प्यानलमा राष्ट्र बैंकका गुरुप्रसाद पौडेल, द्वारिकाज होटलका अम्बिका श्रेष्ठ, सी एह एस सोलुसनका ओमेश लाल श्रेष्ठ दराज नेपालका विमल अर्याल, दराजकै कुँवरलगायत रहेका थिए ।

कार्यक्रमको समापन गर्नुअघि दराज नेपालका मार्केटिङ प्रमुख प्रणय केसीले दराज समिट २०२२ का सबै अतिथि तथा सहभागीहरूलाई सम्पूर्ण संस्थाको तर्फबाट कृतज्ञता र सम्मान प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL