Logo

फ्रक्सजबले सुरु गर्‍यो एकेडेमिक पार्टनरसीप प्रोग्राम, रोजगारदाताले विद्यार्थीमा रहेको सम्भावनाको पहिचान गरी अवसर प्रदान गर्ने

फ्रक्सजबले सुरु गर्‍यो एकेडेमिक पार्टनरसीप प्रोग्राम, रोजगारदाताले विद्यार्थीमा रहेको सम्भावनाको पहिचान गरी अवसर प्रदान गर्ने



काठमाडौं । फ्रक्सजबले एकेडेमिक पार्टनरसीप प्रोग्राम (एफएपिपी)सुरु गरेको जानकारी दिएको छ । एफएपिपीले भर्खरै स्नातक तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई करिअरको बाटोमा अझ प्रभावकारी तरिकाले अघि बढ्न मदत गर्ने जनाइएको छ ।

यसअन्तर्गत रोजगारीको अवसर खोज्न विद्यार्थी भौंतारिनुनपर्ने बरु फ्रक्सजबमा आबद्ध कम्पनीहरु नै उनीहरुसम्म आइपुग्ने बताइएको छ । यसरी विद्यार्थीसम्म पुगेका रोजगारदाताले कलेज विद्यार्थीमा रहेको सम्भावनाको पहिचान गरी उनीहरुलाई अवसर प्रदान गर्ने फ्रक्सजबको विज्ञप्तिमा उल्लेख छ ।

‘विद्यार्थी र कलेजहरुका लागि एफएपी कार्यक्रम सम्भाव्य रोजगारदाता भेट्ने, रोजगारी र इन्टर्नसिपका लागि आवेदन दिने र रोजगारी दिने कम्पनी फेला पार्ने अभूतपूर्व अवसर हो,’ विज्ञप्तिमा भनिएको छ । फ्रक्सजबले आफ्ना साझेदार कलेजका विद्याथीलाई हरेक वर्ष रोजगारीसम्बन्धी परामर्श पनि दिने गरेको छ । यस्ता परामर्शबाट विद्यार्थीले आफ्नो रोजगारीको लक्ष्यबारे प्रस्ट आइडिया पाउने कम्पनीको भनाइ छ ।

फ्रक्सजब स्वदेशी र बहुराष्ट्रिय संस्थालाई सक्षम जनशक्ति तथा अवसरका रोजगारका खोजीमा रहेकाहरुलाई क्षमताअनुसारको उपयुक्त अवसर उपलब्ध गराउने काममा एक दशक लामो अनुभवी कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL