Logo

उद्योग विभाग डिजिटाइजेसनमा प्रवेश, सम्पूर्ण उद्योग दर्ता अनलाइनबाटै

उद्योग विभाग डिजिटाइजेसनमा प्रवेश, सम्पूर्ण उद्योग दर्ता अनलाइनबाटै



काठमाडौं । उद्योग विभागले आजैदेखि सबै सेवा अनलाइनमार्फत लिन सकिनेगरी सफ्टवेयर सार्वजनिक गरेको छ । विभागलाई डिजिटाईजेसनमा लैजाने प्रक्रिया अन्तर्गत इन्डस्ट्री म्यानेजमेन्ट इन्फरमेशन सिस्टम(आइएमआइएस) सफ्टवेयर सार्वजनिक गरिएको हो ।

अब उक्त सफ्टवेयरमार्फत नयाँ उद्योग दर्ता गर्न चाहनेहरुले उद्योग दर्तादेखि स्विकृति लिनेसम्म अनलाइनबाटै गर्न सक्नेछन् भने पुराना उद्योगीहरुले नविकरण, अपडेट, पुँजीवृद्धिलगायतका कार्यहरु गर्न सक्नेछन् ।

आजदेखि सफ्ट लन्च गरिएको उक्त सफ्टवेयरको फूल भर्जन भने १ देखि डेढ महिना पछि मात्रै सार्वजनिक गरिने विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । उनका अनुसार आगामी १ महिनाका लागि विभागले उद्योगीहरुको प्रतिक्रिया लिनका लागि सफ्टवेयरको बेटा भर्जन अर्थात पाईलट कार्यान्वयनमात्रै सुरु गरेको हो ।

१ महिनासम्म देखिएका फल्टहरु सल्टाउने, प्रतिक्रिया अनुसार सुधार गर्दै जानेलगायतका कामहरु सम्पन्न भएपछि एक महिना पछि मात्रै फूल भर्जनमा पुर्ण रुपमा सफ्टवेयर सार्वजनिक गरिनेछ ।

यसका लागि पहिलो चरण भएकाले विभागले हेल्प डेस्कको स्थापना गरी नयाँ उद्योगीहरुलाई १ महिनासम्म नमिलेका डकुमेन्टहरु भरिदिने, सिकाउनेलगायतका कार्यहरु पनि गर्नेछ ।

विभागले आफ्ना सबै सेवा अनलाइनबाट गर्नेगरी उक्त सफ्टवेयर सार्वजनिक गरेको हो । उक्त सफ्टवेयर इन्फोडेभलपर्सले निर्माण गरेको हो । पछिल्लो १ बर्षदेखि इन्फोडेभलपर्सले विभागमै बसेर दर्ता भईसकेका उद्योगहरुको डकुमेन्ट स्क्यान गरी प्रविष्ट गर्ने काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL