Logo

बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न कम्पनी स्थापना गर्ने निर्णय

बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न कम्पनी स्थापना गर्ने निर्णय



काठमाडौं । सरकारले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमै निर्माण गर्न कम्पनी स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले आयोजना कम्पनी मोडलमा बनाउने निर्णय गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले पब्लिक कम्पनी स्थापना गरेर स्वदेशी लगानीमा बनाउने गरी गरेको प्रस्ताव मंगलबारको मन्त्रिपरिषद् बैठकले पारित गरेको मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अब आयोजना निर्माणका लागि छुट्टै कम्पनी स्थापना गर्ने र सोही अनुसार निर्माण प्रक्रिया अघि बढाईने भएको हो ।

यसअघि गत चैतमा बसेको मन्त्रिपरिषदको बैठले उक्त आयोजना चिनियाँ कम्पनी गेजुवासँग खोस्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL