Logo

छोरीको बिहेमा आमाको कोसेली, दिइन छोरी-ज्वाईंलाई सुर्या लाइफको जीवन बीमा

छोरीको बिहेमा आमाको कोसेली, दिइन छोरी-ज्वाईंलाई सुर्या लाइफको जीवन बीमा



काठमाडौं । आमा बुबाको लागि आफ्ना सन्तान प्राण भन्दा पनि प्यारो हुन्छ । सन्ततिको सुनौलो र उज्जवल भविष्यको चाहाना सदैव आमा बुबाले राखेका हुन्छन् । उनीहरुको पालनपोषण, शिक्षादिक्षा, विवाह, ब्रतबन्ध आदि अविस्मरणीय रहोस् भन्ने इच्छा सबै अभिभावकको हुन्छ । छोरा छोरीको विवाह अभिभावकको लागि एक अमूल्य क्षण हुन्छ ।

यसै क्षणलाई यादगार बनाउन कुश्मा निवासी मेनका रेग्मीले आफुले बचत गरी जम्मा भएको रकमबाट आफ्ना छोरी ज्वाईंलाई उपहार स्वरुप जीवन बीमा गरिदिएकी छिन् । जीवनमा आइपर्न सक्ने जोखिम बहन र बचत पनि होस भन्ने उद्देश्यले वैवाहिक जीवनको सुरुवात गरेका छोरी ज्वाईं, पुजा रेग्मी र सुझाब आचार्यको जीवन सुखमय होस् भन्ने कामना सहित बीमा गरिदिएकी हुन् ।

कम्पनीको कुश्मा शाखाबाट जारी गरिएको उक्त बीमा योजना सूर्या लाइफका एजेन्सी विभाग प्रमुख यज्ञ बहादुर राउतले बैबाहिक समारोहमै गएर हस्तान्तरण गरे । सूर्या सुरक्षित योजना र सूर्या सुरक्षा कवज सहितका यो योजनाले जीवनमा विपत्तिले निम्त्याउन सक्ने आर्थिक समस्याको भार न्यून गर्ने र जोखिम बहन पनि हुने हुँदा सबैलाई जीवन बीमा गर्न मेनका रेग्मीले सुझाव दिएकी थिइन् । हाँसी खेली घुमेको माईतिघर छोडेर गएकी छोरीका लागि सदैव आमाको चिनो यो कोसेली स्वरुप आफ्ना छोरी र ज्वाईं दुबैको बीमा गरिदिएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
MBL