Logo

फावेरको नयाँ शोरुम पेप्सीकोला जडिवुटीमा, थप दुईवटा स्टोर सञ्चालनमा ल्याउँदै

फावेरको नयाँ शोरुम पेप्सीकोला जडिवुटीमा, थप दुईवटा स्टोर सञ्चालनमा ल्याउँदै



काठमाडौं । विश्वव्यापी चर्चित होम एप्लान्सेस ब्राण्ड फाबेरले आफ्नो नयाँ शोरुम पेप्सीकोला जडिवुटीमा खोलेको छ । नयाँ स्टोर खोलेसँगैँ नेपालमा फावेरका ७ वटा प्लाटिनम स्टुडियो पुगेका छन् ।

नयाँ शोरुम उद्घाटनमा फावेर नेपालका लागि राष्ट्रिय प्रबन्धक गोपाल मेहताले भने फावेर नेपालले आगामी २ महिना भित्र थप २ वटा स्टोर नारायणगढ र वुटवलमा संचालनमा ल्याउने बताए ।

नेपालमा फावेरका सामग्री युएचएस होल्डिङ प्रालिले भित्र्याउँदै आइरहेको जनाउँदै अध्यक्ष पुरुत्षोतम न्यौपानेले फावेरले प्रतिवद्घता, दृढता, समर्पण र गतिशीलता मुख्य विशेषतासहित नेपालमा पन्ध्र वर्षदेखि सेवा दिदै आएको बताए ।

फावेरले आफ्ना उत्पादन तथा प्रविधिको कारण अन्तर्राष्ट्रिय स्तरमै छुट्टै र अब्बल स्थान बनाएर औेद्योगिक सफलता प्राप्त गरिरहेको कम्पनीले बताएको छ । विश्वव्यापी रूपमा फ्रान्समा रोब्लिन, स्पेनमा मेपाम्सा, र अर्जेन्टिनामा स्पार जस्ता ब्राण्डलाई विस्तार गरेको कम्पनीले जनाएको छ ।

मुख्य बजार निर्देशनालय अमेरिका र प्रतिनिधि कार्यालय रुसमा रहेको यस कम्पनीले भारत, टर्की, स्वीडेनलगायत ७ मुलुकमा आफ्नो उत्पादन गर्दै आइरहेको जनाएको छ । विगत २ वर्षको अन्तरालमा यस कम्पनीले नेपालमा ६ वटा प्लाटिनम स्टुडियो खोलेको छ । तीन वटा काठमाडौंमा छन् भने बाँकी पोखरा, विराटनगर र विर्तामोडमा एक–एक वटा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL