Logo

फेरी बढेर आयो पेट्रोलियमको मूल्य, नेपालमा बढ्ला ?

फेरी बढेर आयो पेट्रोलियमको मूल्य, नेपालमा बढ्ला ?



काठमाडौं । भारतीय आयल निगम (आइओसी)ले नेपालमा पठाउने पेट्रोलियमको मूल्य पुनः बढाएर पठाएको छ । आईओसीले नेपालमा साविकको तुलनामा पेट्रोलमा ६.५२, डिजेल, मट्टितेलमा १९.३, हवाई ईन्धनमा १९.९१ रुपैयाँले मूल्य बढाएर पठाएका हो ।
यसरी आईओसीले पठाएको नयाँ मूल्य अनुसार पेट्रोलियम पदार्थ खरिद गरी पुरानै मूल्यमा विक्री गरे निगमलाई पेट्रोलमा प्रतिलिटर ३१.२८, डिजेलमा ३७.१६ र हवाई ईन्धनमा २ रुपैयाँ घाटा व्यहोर्नुपर्ने छ ।

यस्तै आईओसीले खाना पकाउने ग्याँसको मूल्यसमेत बढाएर पठाएपछि नेपाल आयल निगमले खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर ७ सय ५१.१४ रुपैयाँ घाटा खाएर बेचिरहेको छ ।

यसरी पेट्रोलियम पदार्थ घाटा खाएर बेच्दा निगमलाई आगामी १५ दिनमा ४ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने बताईएको छ । यस्तै चालु आर्थिक बर्षको असार मसान्तसम्म निगमलाई ५५ देखि ६० अर्ब रुपैयाँ घाटा हुने अनुमान गरिएको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL