Logo

एभरेष्ट इन्स्योरेन्स कम्पनीको विशेष साधारण, हिमालयनसँगको मर्जर प्रस्ताव सर्वसम्मत पारित

एभरेष्ट इन्स्योरेन्स कम्पनीको विशेष साधारण, हिमालयनसँगको मर्जर प्रस्ताव सर्वसम्मत पारित



काठमाडौै । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभो बिहिबार सम्पन्न भएको छ । उक्त सभाले एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. बिच एक आपसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

यस्तै सभाले सम्पत्ति दायित्व मुल्याङ्कन (डिडिए) कर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, सेयर आदान प्रदान अनुपात, मर्जर पछि बन्ने संस्थाको संचालक समिति तथा सेयर आदान प्रदान अनुपात लगायतका सम्पूर्ण विशेष प्रस्तावहरुसमेत सर्वसम्मत पारित गरेको छ । सभाले मर्जर पछि बन्ने संस्थाको नाम “हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड” रहने प्रस्ताव समेत सर्वसम्मत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL