Logo

मंगलम इन्डष्ट्रिजको बिक्रीमा २०६ प्रतिशतको वृद्धि, ७ महिनामा ५९ करोडको कारोबार

मंगलम इन्डष्ट्रिजको बिक्रीमा २०६ प्रतिशतको वृद्धि, ७ महिनामा ५९ करोडको कारोबार



काठमाडौं । नेपालको अग्रणी पाइप तथा फिटिङ्स उत्पादक मंगलम इन्डष्ट्रिजको बिक्री वर्ष दिनमै २०६ प्रतिशतले बढेको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार २०२१ मा एक अर्ब ५० लाख रुपियाँको कारोबार गरेको मंगलम इन्डस्ट्रिजले २०२२ को पहिलो ७ महिनामा ५९ करोड १० लाख रुपैयाँसम्मको कारोबार गर्ने उल्लेख गरेको छ ।

कम्पनीले २०१८ मा ३७ करोड रुपियाँ र २०१९ मा ५१ करोड रुपियाँको व्यापार गरेको थियो भने २०१९ को तुलनामा २०२० मा कोरोना महामारीका कारण कम्पनीको कारोबार ३६ प्रतिशतले घटेको थियो ।

कम्पनिको प्रबन्ध निर्देशक अभिनव चुरिवालले भने, ‘लगातार २ वर्षको कोभिड महामारीले सुस्ताएको व्यापार महामारीको अन्त्यसँगै पुनः गति लिन थालेको छ । यसै सिलसिलामा हाम्रो बिक्री पनि २०६ प्रतिशतले वृद्धि भएको छ । निर्माण व्यवसाय सम्बन्धि गतिविधीहरु पुरानै लयमा फर्किन थालेपछि हाम्रो विक्री पनि बढेको हो । हाम्रा उत्पादनहरुको गुणस्तरीयता र यिनीहरुप्रति उपभोक्ताको अटुट विश्वास र हाम्रा कर्मचारीहरुको कम्पनीप्रतिको लगाव र परिश्रमले गर्दा यो सब सफल भएको हो ।’

मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ । नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL