Logo

इसेवाले ल्यायो ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजना

इसेवाले ल्यायो ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजना



काठमाडौं । इसेवाले “बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ” योजना सार्बजनिक गरेको छ । इसेवाले बीमितहरुले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले यो योजना सार्बजनिक गरेको जनाएको छ ।

यो योजना भदौ ५ गतेसम्म सञ्चालन हुनेछ । यस योजनामा इसेवाबाट कुनैपनि जीवन बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्ने व्यक्तिहरुमध्येबाट बम्पर उपहारमा एक जनाले एक लाख रुपैयाँ उपहार प्राप्त गर्नेछन् । यस्तै उपहार बिजेता बीमितको बीमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि रु २०/२० हजार नगद उपहार प्राप्त गर्नेछन् ।

यसैगरी योजना सञ्चालन अवधिभर बीमा शुल्क भुक्तानी गर्नेहरु मध्येबाट हरेक दिन एक जनाले गोलाप्रथा मार्फत एक हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यो योजना नेपालमा सञ्चालिन सबै बीमा कम्पनीको शुल्क भुक्तानी गर्दा लागु हुनेछ । इसेवाले पछिल्ला दिनमा इन्स्योरेन्स्को प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्नका लागि विभिन्न अफर तथा योजना सार्बजनिक गर्दै आएको विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL