Logo

एक वर्षमा नेपाल भित्रियो १४९९ निसान म्याग्नाइट, पायोनियर मोटो कर्पका लागि कोशेढुंगा साबित

एक वर्षमा नेपाल भित्रियो १४९९ निसान म्याग्नाइट, पायोनियर मोटो कर्पका लागि कोशेढुंगा साबित



काठमाडौँ । नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले गत फेब्रुअरी २२, २०२१ मा निसान म्याग्नाइट सार्वजनिक गरिएसँगै १ वर्षभित्र १ हजार ४ सय ९९ वटा निसान म्याग्नाइट नेपाली बजारमा भित्रिएको कम्पनीले जनाएको छ ।

laxmi

नेपाल प्रवेश गरेसँगै अहिलेसम्म निसान म्याग्नाइट २ हजार २ सय २६ वटा बुकिङ्ग भइसकेको छ । १ वर्षको वार्षिकोत्सव पायोनियर मोटो कर्पका लागि कोशेढुंगा साबित भएको कम्पनीले जनाएको छ ।

१ वर्षमा नै यो ‘बिग, बोल्ड, ब्यूटिफुल’ एसयूभीलाई नेपाली बजारमा अत्यधिक रुचाइएको कम्पनीको दाबी छ । यसका साथै निसान म्यागनाइटले ‘कम्प्याक्ट एसयूभी अफ द इयर’, टप गियर अवार्डस् २०२१, ‘ड भ्यालू फर मनी कार अफ द इयर’ का अटोकार अवार्डस् ‘अटोमोबाइल ग्याजेट अफ द इयर’, र कार एण्ड बाइक्स् २०२१ को बिजेता भएको कम्पनीले जनाएको छ । सुरक्षामा ग्लोबल एनक्याप ४ स्टार रेटिङ्ग हासिल गर्न सफल भएको छ ।

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप कुमार शारदाले निसान म्याग्नाइटप्रति ग्राहकले अपार माया देखाएको भन्दै आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL