Logo

सुजल फुड्सले शुरू गर्‍यो ‘फ्रेसो क्यान्डी’ प्रचार अभियान

सुजल फुड्सले शुरू गर्‍यो ‘फ्रेसो क्यान्डी’ प्रचार अभियान



काठमाडौं । नेपालको अग्रणी कन्फेक्शनरी कम्पनी सुजल फुड्स प्रालिले फ्रेसो ब्रेथे नारासाथ फ्रेसो क्यान्डीको प्रचार (विज्ञापन) अभियान थालेको छ । यस अभियानमा ‘फ्रेसो क्यान्डी भनेकै ताजा स्वास’ भनी प्रचार गरिएको छ । फ्रेसो क्यान्डीले स्फूर्तिदायी ताजा स्वास प्रदान गर्दै आत्मविश्वास बढाउँछ भन्ने सन्देशसहित यो विज्ञापन अभियान शुरू गरिएको सुजल फुड्सले जानकारी दिएको छ ।

चञ्चले र रमाइला स्वभावका किशोर र युवाहरूलाई लक्षित गर्दै सुजल फुड्सले विज्ञापन तयार गरेको छ । विज्ञापनका एक किशोर किशोरीप्रति आकर्षित हुन्छन् र फ्रेसो क्यान्डी सेवन गरेपछि आउने ताजा स्वास तथा आत्मविश्वासका कारणले किशोरीसँग त्यो क्षणमा रमाएको देखाइएको छ ।

सुजल फुड्सका अनुसार यो सन्देश विभिन्न मिडियाहरूमा, प्रसारण तथा सञ्चारमाध्यमहरू (डिजिटल बोर्डहरू, सामाजिक साइटहरू, चलचित्र थिएटर र अन्य प्रकाशन प्लेटफर्महरू)मार्फत प्रचार थालिएको हो । फ्रेसो क्यान्डीले नेपाली मिन्ट क्यान्डी उद्योगमा ठूलो हिस्सा ओगट्छ । मेन्थालिप्टस फ्लेबरको यो क्यान्डी सुजल फुड्स प्रालिको लोकप्रिय उत्पादनहरूमध्ये एक हो ।

लक्ष्मी समूहको सुजल फुड्स प्रालि आइएसओ २२०००ः२०१८ प्रमाणित कम्पनी हो । यो कम्पनीले ४८ वर्षदेखि लोकप्रिय कन्फेक्शनरी ब्रान्डहरू चोकोफन, रसिलो र क्रेभ आदि पनि उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL