Logo

एसजी ग्रुपले नेपाल भित्र्यायो ट्यारो ब्राण्डको प्रिमियम मोटरसाइकल र स्कुटर

एसजी ग्रुपले नेपाल भित्र्यायो ट्यारो ब्राण्डको प्रिमियम मोटरसाइकल र स्कुटर



काठमाडौं । एसजी ग्रुपले ट्यारो ब्राण्डको मोटरसाइकल र स्कुटर नेपाली बजारमा भित्र्याएको छ । ग्रुपअन्तर्गतको ओम मोटोक्रप प्रालले नारायणचौर नक्सालमा कर्पोरेट शोरुम स्थापना गरी तारो ब्राण्डलाई नेपाल भित्र्याएको हो ।

इटालियन टेक्नोलोजीमा चीनमा बनेको ट्यारो प्रिमियम ब्राण्ड हो । ट्यारो युरोपेली बजारमा पनि स्थापित भइसकेको छ । इमोला १५० र एलेक्स टि नाइन १५० गरी २ वटा मोडलमा यो स्कुटर उपलब्ध छन् । इमोला स्कुटरमा ठूलो टायर जडान गरिएको छ जसले गर्दा स्कुटर कच्ची सडकमा पनि सजिलै गुड्न सक्छ ।

कम्पनीको अनुसार जिपी टु २००, जिपी वान २५० आर र जिपी वान ३८० गरी ३ वटा मोडलमा ट्यारोका बाइक नेपाली बजारमा उपलब्ध छन् । २५० र ३८० सिसी क्षमताको मोटरसाइकटलमा इएफआई र एबिएस सिस्टम छ । कम्पनीको अनुसार यो मोटरसाइकल १६० किलोमिटर प्रति घन्टाको स्पिडमा गुड्न सक्छ ।

ड्यासबोर्ड टिएफटी, डबल डिसब्रेक विथ एबिएस, ६ स्पिडको गेयर लगायतका विशेषता ट्यारो मोटरसाइकलमा रहेका छन् । ३८० मा लिक्वीड कुल ट्वीन सिलिण्डर जडान गरिएको छ । २५० र २०० मा लिक्वीड कुल सिंगल सिलिण्डर रहेको छ । नक्साल सोरुममा गएर य स मोटरसाइकलको टेष्ट ड्राइभ तथा बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार नेपालमा ट्यारो मोटरसाइकल तथा स्कुटरको मूल्य ३ लाख ३० हजार रुपैयाँदेखि ९ लाख ५० हजार रुपैयाँसम्म पर्नेछ । एसजी ग्रुपले अटोमोबाइल, ग्यास तथा पेट्रोलियम, हाइड्रोपावर लगायत विविध क्षेत्रमा लगानी गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL