Logo

काठमाडौंमा डिशहोम फाइवरनेटको एकैदिन चार सोरुम उद्घाटन, डिसहोमका सबै सेवाहरु पाइने

काठमाडौंमा डिशहोम फाइवरनेटको एकैदिन चार सोरुम उद्घाटन, डिसहोमका सबै सेवाहरु पाइने



काठमाडौं । डिशहोम फाइवरनेटले काठमाण्डौंमा एकैदिन चारवटा सोरुम उद्घाटन गरेको छ । बुढानिलकण्ठ र बानियाटारमा रहेको एलेक्स इम्पेक्स, बलम्बुमा रहेको बलम्बु टि।भि। हाउस र नक्सालमा रहेको बि इन्टरप्राइजेजको उद्घाटन छुट्टा छुट्टै कार्यक्रमकाबिच डिश मिडिया नेटवर्क लिमिटेडका बिक्री महाप्रबन्धक रमेश सापकोटाले गरेका छन् ।

laxmi

कार्यक्रममा डिश मिडियाका नेशनल सेल्स म्यानेजर मनोज शर्मा, रिजनल सेल्स म्यानेजर जसबहादुर गुरुङ, एरिया सेल्स म्यानेजर उज्जल न्यौपाने, सिनियर सेल्स अफिसर राम शिलाकार र मदन सापकोटा, सेल्स अफिसर रविन थापा र सागर जोशि तथा ब्राण्ड अफिसर दिनेश रतन र अनिल ठाकुरको उपस्थिति थियो । त्यस्तै, सिएम टे«डिङको सेल्स म्यानेजर सुनिलबाबा भट्ट, सेल्स अफिसर विक्रम लामाको उपस्थिति थियो भने स्टोम नेटवर्कका तर्फबाट मंगल गुरुङ र रमेश केसी उपस्थिति थियो ।

एलेक्स इम्पेक्सको संचालन रामकुमार श्रेष्ठ र केशव कोईराला, बलम्वु टिभि हाउसको संचालन प्रभात भट्टराई र बि इन्टरप्राइजेजको संचालन आकाश मानन्धरले गर्ने भएका छन । डिशहोम डिलरदाइहरुले अब छुट्टै सोरुममार्फत डिशहोम र डिशहोम फाईवरनेटको नयाँ कनेक्सन, रिचार्ज तथा फण्ड ट्रान्स्र्फर, सेटप बक्स तथा राउटर एक्सचेन्ज, रिलोकेसनलगायत बिक्रीपछिको सम्पूर्ण सेवाहरु नयाँ सोरुम मार्फत प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL