Logo

कोका–कोलाको ‘जेरो सुगर’ बजारमा, ग्राहकले नो क्यालोरी र जेरो सुगर कोका–कोलाको स्वाद लिन सक्ने

कोका–कोलाको ‘जेरो सुगर’ बजारमा, ग्राहकले नो क्यालोरी र जेरो सुगर कोका–कोलाको स्वाद लिन सक्ने



काठमाडौँ । कोकाकोला नेपालले जेरो सुगरसहितको कोकाकोला बजारमा ल्याएको छ । कम्पनीले आइकोनिक क्लासिक कोकको जस्तै स्वाद भएको जेरो सुगर बजारमा ल्याएको हो । यो आकर्षक र नयाँ बोल्ड प्याकेजिङमा उपलब्ध भएको कम्पनीले बताएको छ ।

laxmi

अब नेपाली उपभोक्ताहरूले नो क्यालोरी र जेरो सुगर कोका–कोलाको स्वाद लिन सक्ने कम्पनीको भनाई छ । कम्पनीले बजार परीक्षण र इन–हाउस इनोभेसनमार्फत बजारमा ल्याइएको कोका–कोला जेरो सुगर बजारमा ल्याएको हो ।

‘नो सुगर’ पेय पदार्थ रुचाउने तर क्यालोरी नियन्त्रण गर्न चाहने मानिसहरुका लागि यो कोका–कोला उपयुक्त भएको बताइएको छ । सन् २००५ मा विश्वव्यापी रुपमा लन्च गरिएको यो उत्पादनलाई सन् २०१७ मा रिफर्मुलेट गरिएको थियो ।

नेपालमा यो २०१६ नोभेम्बरमा पहिलोपल्ट लन्च भएको थियो । नयाँ कोका–कोला जेरो सुगर ५०० मिलि र २५० मि।लि।मा नेपालभर उपलब्ध हुने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL