Logo

हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्टमा ‘हुन्डाई अनमोल अफर’, ग्राहकले पाउनेछन यस्ता सुविधा

हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्टमा ‘हुन्डाई अनमोल अफर’, ग्राहकले पाउनेछन यस्ता सुविधा



काठमाडौं । कन्स्ट्रक्सन सोलुसन प्रालि नेपालले ‘हुन्डाई अनमोल’ अफर ल्याएको छ। ग्राहकहरूको सन्तुष्टि तथा सेवा अनुभवलाई प्रोत्साहन गर्न सार्वजनिक यस अफरअन्तर्गत ग्राहकहरूले हुन्डाई आर–१४० एलएस स्मार्टको खरिदमा २००० घण्टा बराबरको सर्भिस किट निःशुल्क प्राप्त गर्न सक्नेछन्।

laxmi

आर–१४० एलएस स्मार्टको कुल सञ्चालन क्षमता १३,७९० किलोग्राम हो। यसमा २७० लिटरको इन्धन क्षमता छ भने ०।६५ एम३ बकेट क्षमता छ। यसले २,००० आरपिएममा १०५ एचपी पावर र १,५०० आरपिएममा ३७।५ जिएफएम टर्क जेनेरेट गर्छ।

हुन्डाईका उपकरणहरू अत्याधुनिक विज्ञान प्रविधिबाट शक्तिशाली र भरपर्दो इन्जिनहरू राखेर बनाइका हुन्छन्। यी उपकरणहरू उचित मूल्यमा पाइनुका साथै स्पेयर पार्ट्सहरू पनि किफायती मूल्यमा सहलै उपलब्ध छन्। हुन्डाईका निमार्ण उपकरणहरू बलियो र टिकाउ भएको कम्पनीको दाबी छ।

यसबाहेक सेवा प्रदायक कम्पनीहरूले डोर टु डोर सेवा पनि उपलब्ध गराउने प्रयत्न गर्दैछ। कन्स्ट्रक्सन सोलुसनको लागि ‘हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट’ को एकमात्र वितरक हो। कन्स्ट्रक्सन सोलुसन हुन्डाई निर्माण उपकरणहरूको समग्र बिक्री, सेवा र स्पेयर पार्ट्सका साथै जिसुङ ब्रेकर्स, र्‍यामर ब्रेकर र एमबी बकेट क्रसरहरूको व्यवसाय तथा सेवामा केन्द्रित छ। कम्पनीले उपकरण तथा सेवाहरूको गुणस्तर, सेवामा ग्राहकको सन्तुष्टि र हुन्डाई कन्स्ट्रक्सन मेसिनसँग सम्बन्धित स्पेयर पार्ट्स देशभर उपलब्ध गराउँदै छ।

प्रतिक्रिया दिनुहोस्
MBL