Logo

आइएमएस मोटर्सको फ्री स्याङयोङ्ग सर्भिस क्याम्प : ग्राहकलाई छुट, क्यासब्याक र उपहार

आइएमएस मोटर्सको फ्री स्याङयोङ्ग सर्भिस क्याम्प : ग्राहकलाई छुट, क्यासब्याक र उपहार



काठमाडौं । नेपालका लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले ‘फ्री स्याङयोङ्ग सर्भिस क्याम्प’ सञ्चालनमा ल्याएको छ । आइएमएस मोटर्सले आफ्ना ग्राहकहरुलाई यस कार्यक्रमको अवधिभर विभिन्न सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।

जसअन्तर्गत कम्पनीले बम्पर उपहारमा शतप्रतिशत क्यास ब्याक (पूर्ण सर्भिस चार्ज फिर्ता) देखि निःशुल्क स्वास्थ्य परीक्षण, किफायती भागहरुमा ५० प्रतिशतसम्मको छुट, लुब्रिकेन्टमा १० प्रतिशतसम्मको छुट, निःशुल्क सर्भिसिङ्ग तथा फ्री वास सुविधा प्रधान गरिरहेको छ ।

यसैसाथ कम्पनीले ग्राहकहरुका लागि आकर्षक उपहारहरु अन्तर्गत गाडी सट्टापट्टाका साथै उत्कृष्ट÷तुरुन्त मुल्यांकनको व्यवस्था समेत गरेको जनाएको छ । तर यस सेवा शिविर स्याङयोङ्गका ग्राहकहरुका लागि कम्पनीले देशभरबाट विभिन्न चार आधिकारिक सेवा केन्द्रहरुबाट सञ्चालन गरिरहेको छ ।

काठमाडौंको खुसिबु नयाँ बजारस्थित मोटो इन्जिनियरिङ्ग प्रालि र रविभवनस्थित परिदी मोटर्स प्रालि, बुटवल बेलवासस्थित भैरव अटो भिलेज प्रालि र भैरहवा मायादेवीस्थित एए अटोमोबाइलस् प्रालिमा फ्री स्याङयोङ्ग सर्भिस क्याम्प चलिरहेको कम्पनीले जनाएको छ । यस योजना २०७८ फागुन ३ गतेदेखि शुरु भएर १७ गतेसम्म जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL