Logo

कोकाकोला मोःमोत्सवको सातौँ संस्करण शुरु, कोक र मःमको रियल म्याजिक

कोकाकोला मोःमोत्सवको सातौँ संस्करण शुरु, कोक र मःमको रियल म्याजिक



काठमाडौँ । कोकाकोलाले यो वर्ष पनि मोःमोत्सवको सातौँ संस्करणको शुरुवात गरेको छ । यो विश्वव्यापी कोक र खाजा परम्पराको नेपाली संस्करण हो । जसमा नेपालीको खाजा मःम र पेय पदार्थ कोकको स्वादलाई सेलेब्रेट गरिन्छ ।

यो क्याम्पेनको लागि कोकाकोलाले हजारभन्दा बढी रेस्टुरेन्ट अन्य खाजा घरहरुसँग सहकार्य गर्दै उपभोक्तालाई कम्बो अफर र विशेष छुट प्रदान गर्दै आएको छ । यो क्याम्पेन हरेक अंग्रेजी वर्षको शुरुवातमा आयोजना गरिन्छ र यो वर्ष फेब्रुअरी १४ बाट अप्रिल ५ सम्म हुँदैछ ।

क्याम्पेनको बारेमा बोल्दै कोकाकोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने ‘विश्वव्यापी रुपमा हामीले संचालन गरिरहेको कोक एन्ड मील्सको अवधारणालाई नेपालमा स्थानीयकरण गर्न हामीले ७ वर्षअघि कोकाकोला मोःमोत्सव शुरु गरेका थियौँ । यहाँसम्म आइपुग्नको लागि हाम्रो उपभोक्ताले दिनुभएको माया र साथको लागि हामी आभारी छौँ ।’

यो क्याम्पेन भरि कोक र नेपालीहरुको मन पर्ने खाजा मःमसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्ने उनले बताए । यसको ट्यागलाइन ‘कोक प्लस मःम, स्वादको रियल म्याजिक’ रहेको छ । जसले कोक र मःम खाने उपभोक्ताहरुले स्वादको रियल म्याजिक पाउन सक्ने सन्देश दिन्छ ।

त्यस्तै, बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने– ‘कोकाकोला र नेपालीहरुको सबैभन्दा मन पर्ने खाजा मःमको संयोजनको बेजोड स्वादलाई सेलेब्रेट गर्न शुरु गरिएको यो महोत्सव क्याम्पेनको सातौं संस्करण मनाउँदै छौँ । यस वर्षको स्लोगनले भनेजस्तै कोक र मःमको बेजोड स्वादसँगै हामी उपभोक्तासँग अझै नजिक हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL