Logo

अपर तामाकोशी हाइड्रोपावर ६ महिनामा ३३ करोड नोक्सानीमा, यस्ता छन् अन्य सूचक

अपर तामाकोशी हाइड्रोपावर ६ महिनामा ३३ करोड नोक्सानीमा, यस्ता छन् अन्य सूचक



काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०७८र७९ दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आवको ६ महिनाको अवधिमा कम्पनी ३३ करोड ५ लाख १७ हजार रुपैयाँ नोक्सानी रहेको छ । कम्पनीको वित्तीय खर्च उल्लेखीय रुपमा बढेकाले खुद नोक्सानी वृद्धि भएको हो ।

laxmi

गत वर्षको पुस मसान्तसम्ममा पनि कम्पनी ३ करोड १५ लाख ७१ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो । उक्त अवधिमा कम्पनीको विद्युत बिक्रीबाट ३ अर्ब ६४ करोड ६५ लाख २५ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले निर्माण गरेको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट गत भदौ ४ गतेदेखि ४ युनिटबाट विद्युतको व्यापारिक उत्पादन सुरु भई भदौ २५ गतेदेखि आयोजनामा जडित ६ वटै युनिटबाट विद्युत् विक्री भइरहेको छ ।

विवरण अनुसार गत वर्षको पुस मसान्तसम्ममा २ करोड ४ लाख ३७ हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीको संचालन मुनाफा यस वर्ष भने १ अर्ब ८७ करोड १९ लाख १२ हजार रुपैयाँ धनात्मक रहेको छ ।

कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । उक्त अवधिमा कम्पनीको रिटेन्ड अर्निग भने १ अर्ब ३९ करोड १४ लाख ८६ हजार रुपैयाँ ऋणात्मक देखिएको छ । कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ १२ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ भने ८६ रुपैयाँ ८६ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL