Logo

‘फर्मुला प्लस’को बिजनेस प्रमोसन कन्सल्ट्यान्टमा प्रणवजंग पाण्डे नियुक्त

‘फर्मुला प्लस’को बिजनेस प्रमोसन कन्सल्ट्यान्टमा प्रणवजंग पाण्डे नियुक्त



काठमाडौँ । नेपालकै प्रसिद्ध विज्ञापन कम्पनी फर्मुला प्लस क्रिएटिभ एण्ड एड्स मिडिया प्रालिको बिजनेस प्रमोसन कन्सल्ट्यान्टमा प्रणवजंग पाण्डे नियुक्त भएका छन् ।

laxmi

कम्पनीका सञ्चालक तथा प्रबन्ध निर्देशक मनोज बोगटीले युवा उद्यमी पाण्डेजस्तो जुझारु, क्रियाशील र व्यावसायिक व्यक्ति कम्पनीमा जोडिँदा व्यावसायिक प्रवर्द्धनमा टेवा पुग्ने र आगामी दिनमा गुणस्तरीय कार्यक्रम उत्पादनमा सहयोग पुग्ने विश्वास लिएको बताए ।

प्रणवजंग, पाण्डे घरानाका तेस्रो पुस्ताका व्यापारी हुन् । उनका तीन पुस्ता व्यवसायमै सक्रिय छन् । लोमश ग्रुपमा प्रणवका पिता प्रबलजंग पाण्डेले सिमेन्टका साथै प्रोडक्सनको पाटो सम्हालिरहेका छन् ।

काका प्रज्वलजंगले औषधी उद्योग सम्हालिरहेका छन् भने अर्का काका प्रतापजंग पाण्डेको जिम्मामा बैंक तथा वित्त र पर्यटन क्षेत्र छन् । नेपाल एकीकरणका नायक कालु पाण्डेका वंशज प्रणवजंग पाण्डे २०५८ कात्तिक ४ गते काठमाडौँको बालुवाटारमा जन्मेका हुन् ।

काष्ठमण्डप स्कुलबाट एसएलसी गरेपछि प्रणवले १२ कक्षासम्म ग्लोबल कलेज अफ म्यानेजमेन्टमा पढेका हुन् । अहिले काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा बिबिए अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL