Logo

डिसहोमले ल्यायो वाइफाइ ६ राउटर, अहिले बजारमा पाइने राउटरभन्दा ४ गुणा छिटो स्पीडमा चल्ने

डिसहोमले ल्यायो वाइफाइ ६ राउटर, अहिले बजारमा पाइने राउटरभन्दा ४ गुणा छिटो स्पीडमा चल्ने



काठमाडौँ। डिशहोम फाइबरनेटले ६०० एमबीपीएस स्पीड भएको मेगा–फाइ इन्टरनेट उपलब्ध गराउने घोषणा गरेको छ । डिशहोमले हाइस्पीड इन्टरनेट प्रयोगकर्ताका लागि ३०० र ६०० एमबीपिएस स्पीडको इन्टरनेट प्याकेज ल्याएको हो ।

laxmi

नेपालमै पहिलो पटक लेटेस्ट वाइफाइ टेक्नोलोजीको वाइफाइ ६ राउटर र मेस नोडमार्फत् ग्राहकहरुले हाइस्पीड इन्टरनेट चलाउन सक्ने कम्पनीले जनाएको छ । डिशहाहेमले ल्याएको वाइफाइ ६ राउटर अहिले बजारमा पाइने राउटरभन्दा ४ गुणा छिटो स्पीडमा चल्ने कम्पनीको दाबी छ ।

यस वाइफाइ ६ राउटरमा इएआई ९आर्टिफिसियल इन्टेलिजेन्स०, गिगावाइट एक्सेस, डुअल–ब्यान्ड स्मार्ट स्टिरिङ, सिमलेस रोमिङ, मल्टी–लेभल प्रोटेक्सन, मोर कनेक्सन एण्ड मेश नेटवर्किङ जस्ता विशेषताहरु वाइफाइ ६ राउटरमा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL