Logo

डिशहोम फाइबरनेट सह वितरकको सोरुम धनगढीमा, बिक्री र बिक्रीपछिको सेवा पाइने

डिशहोम फाइबरनेट सह वितरकको सोरुम धनगढीमा, बिक्री र बिक्रीपछिको सेवा पाइने



काठमाडौँ । धनगढीको चटकपुरमा डिशहोम फाइबरनेट सह वितरकको सोरुम उद्घाटन गरिएको छ । डिशहोम फाइबरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सो सोरुमको सञ्चालन गरीएको हो । सो सोरुमको सञ्चालन कृष्ण इन्टरप्राइजेजले गर्नेछ ।

सोरुम उद्घाटन, डिशहोमका तर्फबाट सेल्स अफिसर कमल रिमाल र सेल्स अफिसर लक्ष्मीराज जोशीको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकमाझ पुर्याउँदै आएको कृष्ण ईन्टरप्राइजेजले अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिने जनाएको छ ।

१ सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाइवरनेटको सेवा उपलब्ध गराइसकेको कृष्ण इन्टेरप्राइजेजले अब अझ बढी ग्राहकहरूको माझ पुग्न पनि नयाँ सोरुमले मद्दत गर्ने श्री कृष्ण इन्टेरप्राइजेजका सञ्चालक सुरेश पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL