Logo

जगदम्बा स्टिलका उत्पादनको माग तेस्रो मुलुकमा पनि, सुरु भयो निर्यात

जगदम्बा स्टिलका उत्पादनको माग तेस्रो मुलुकमा पनि, सुरु भयो निर्यात



काठमाडौं । जगदम्बा स्टिलले तेस्रो देशमा आफ्नो उत्पादन निर्यात थालनी गरेको छ । नेपालमा प्रशिद्ध जगदम्बा स्टिलका ‘कलर कोटेड कोइल्स तथा शिटहरु’ कम्पनीले तेस्रो देश निर्यात थालेको हो । यी वस्तुहरुको विदेशमा लोकप्रियता तथा माग चुल्लिँदै गएको कम्पनीले जानकारी दिएको छ ।

laxmi

कम्पनीका अनुसार जगदम्बा स्टिलका उत्पादन, जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरु दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा उच्च आपूर्ति माग सहित उपभोक्ताद्वारा परिक्षित तथा अनुमोदित भएको छ ।

‘उपभोक्ता सन्तुष्टिका लागि गुणस्तरको प्रतिवद्धता हाम्रो प्रथम प्राथमिकता हो । गुणस्तरको सुनिश्चिततार्थ अत्याधुनिक प्लान्ट मार्फत निर्मित हाम्रा उत्पादनका गुणस्तरको लागि नेपाली उपाभोक्ताको साथ सहयोग र मायाका लागि हामी सदैव कृतज्ञ छौँ । यो मायाँले अझ विस्तारित रुप लिएको छ । नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुन पाउँदा हामी निकै गौरवान्वित छौँ ।’,

तेस्रो देश निर्यात थालनीको अवसरमा बोल्दै शंकर गु्रपका अध्यक्ष शंकरलाल अग्रवालले भने । ‘यस संगै गुणस्तरको निरन्तरताका लागि प्रतिबद्धता जनाउँदै भविष्यमा अझ उत्कृष्ट उत्पादनहरु उपभोक्ता माझ पस्कँदै जान थप आत्मबल मिलेको आभाष भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL