Logo

सिजि नेटले १५ दिन ‘फ्री ट्रायल’ दिने, शुल्कको भुक्तानी नै नगरी सुविधा प्रयोग गर्न पाउने

सिजि नेटले १५ दिन ‘फ्री ट्रायल’ दिने, शुल्कको भुक्तानी नै नगरी सुविधा प्रयोग गर्न पाउने



काठमाडौं । सिजि नेटले नयाँ इन्टरनेट जडान गर्ने उपभोक्तालाई ‘फ्री ट्रायल अफर’ दिने भएको छ । यो अफर अन्तर्गत नयाँ प्रयोगकर्ताहरूले सिजि नेट जडानमा १५ दिनको निःशुल्क परीक्षण सुविधा पाउनेछन् । यसबाट नयाँ प्रयोगकर्ताहरूले परीक्षण अवधिको रुपमा १५ दिन इन्टरनेट चलाउदा कुनै शुल्क लाग्ने छैन । यसरी उपभोक्तालाई १५ दिनसम्मको निशुल्क परीक्षण अवधि दिने आफुहरु पहिलो सेवाप्रदायक कम्पनी भएको सिजि नेटले जनाएको छ ।

सिजि नेटका प्रमुख कार्यकारी अधिकृत संजय पोखरेलले प्रयोगकर्ताहरूले उच्च गतिको इन्टरनेट निःशुल्क अनुभव गर्न पाउने बताए । उनका अनुसार राउटर, जडान र निक्षेप शुल्कको भुक्तानी नै नगरी उपभोक्ताले यो सुविधा प्रयोग गर्न पाउनेछन् ।

सिजि नेटले हाल ९ सय ९९ रुपैया प्रति महिनामा १२० एमविपिएसको उच्च गतिको इन्टरनेट र ६ सय ४९ रुपैयाँ प्रति महिनामा पचास एमविपिएसको सुपर सस्तो प्याकेज प्रदान गर्दै आएको छ । न्यून शुल्कमा गुणस्तरिय र उच्च गतिको इन्टरनेट खोज्ने उपभोक्ताहरुको पहिलो रोजाइमा आफूहरु रहेको कम्पनीले बताएको छ । सिजि नेटले काठमाडौं उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्षम भएपछि प्रयोगकर्तालाई थप सुविधा दिने तर्फ ध्यान केन्द्रित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL