Logo

एनआईसी एशिया लघुवित्तको सामाजिक उत्तरदायित्व कार्यक्रम, ४३० गरिब परिवारलाई कम्बल वितरण

एनआईसी एशिया लघुवित्तको सामाजिक उत्तरदायित्व कार्यक्रम, ४३० गरिब परिवारलाई कम्बल वितरण



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि।ले चिसोबाट प्रभावित ४३० गरिब तथा विपन्न समुदायका परिवारलाई कम्बल वितरण गरेको छ । संस्थाले चितवनको कुरिनटार, डडेल्धुराको गोकुलेश्वर, बैतडीको पाटन, रुकुमको मुसिकोट र चौरहझारी, सल्यानको बागचौर, जाजरकोटको खलंगा र ढल्ली, डोटीको मैवा शाखाले सम्बन्धित स्थानमा बसोबास गर्ने ४३० गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरेको हो ।

केही दिन यता लगातार हिमपात तथा चिसो बढ्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाले चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ विपन्न परिवारको तथ्याङ्क संकलन गरेर न्यानो कपडा वितरण कार्यक्रम आयोजना गरेको हो । डडेल्धुरा, बैतडी, डोटी र जाजरकोट जस्ता विकट जिल्लाहरुमा गए राति देखिनै बाक्लो हिमपातले सडक सेवा अवरुद्ध हुनुका साथै चिसोका कारण जनजीवन समेत कष्टकर भएको छ ।

विभिन्न जिल्ला अन्र्तगतका शाखा कार्यालयहरूमा आयोजना भएका कार्यक्रममा स्थानिय तह, नेपाल प्रहरी, सेवाग्राही, संस्थाका क्षेत्रीय तथा उप क्षेत्रीय प्रमुख लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

साथीसंगै, सबल बन्दै भन्ने मूल नाराका साथ छोटो समयमै लघुवित्त संस्थाहरु मध्य अब्बल सेवा दिइरहेको एन आई सी एशिया लघुवित्तले बैंक तथा वित्तीय संस्थाहरुको न्युन उपस्थिति रहेको दुर्गम जिल्लाहरु डोटी, जुम्ला, जाजरकोट, सल्यान, बझाङ, बाजुरा, अछाम, दार्चुला, मुगु तथा कालिकोट जस्ता दुर्गम जिल्लाहरुमा समेत शाखा विस्तार गरी स्थानीय स्तरमा वित्तीय साक्षरता, सरफाइ कार्यक्रम लगायत विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL