Logo

नेपाली युवा उद्यमीले यती एयरलाइन्समा यात्रा गर्दा सहुलियत पाउने, सहकार्यमा हस्ताक्षर

नेपाली युवा उद्यमीले यती एयरलाइन्समा यात्रा गर्दा सहुलियत पाउने, सहकार्यमा हस्ताक्षर



काठमाडौं । यती एयरलाइन्स र नेपाली युवा उद्यमी मञ्चबीच व्यवसायिक सहकार्य भएको छ । योसँगै यती एयरलाइन्स अबदेखि मञ्चको आधिकारिक एयरलाइन्स बनेको छ ।

यती एयरलाइन्सको कार्यालयमा उक्त सहकार्यसम्बन्धी सम्झौता पत्रमा एयरलान्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल र मञ्चका तर्फबाट अध्यक्ष उदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार उक्त जहाजमार्फत यात्रा गर्दा युवा उद्यमीले सहुलियत प्राप्त गर्नेछन् ।

कार्यक्रममा यती एअरलाइन्सका सीईओ रिमालले समृद्ध मुलुक निर्माणमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै नेपालका युवा उद्यमीलाई अगाडि बढाउन एयरलाइन्स सधैं सहकार्य गर्न तयार रहेको बताए ।

मञ्चका अध्यक्ष श्रेष्ठले युवाहरुलाई उद्यमको क्षेत्रमा अगाडि बढाउन यस्ता सहकार्यले सहयोग हुने बताए । सन् २००३ मा स्थापना भएको मञ्चमा ७ सयभन्दा बढी सक्रिय युवा उद्यमी आवद्ध रहेको मञ्चले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL