Logo

अग्नी ग्रुपद्वारा महिन्द्रा उत्सवको बम्पर पुरस्कार विजेताहरु घोषणा, कस कसले पाए पुरस्कार ?

अग्नी ग्रुपद्वारा महिन्द्रा उत्सवको बम्पर पुरस्कार विजेताहरु घोषणा, कस कसले पाए पुरस्कार ?



काठमाडौं । अग्नि इन्कर्पोरेरेटेडले महिन्द्रा उत्सवक अफरको बम्पर पुरस्कार विजेताहरु सार्वजनिक गरेको छ । नेपालमा महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक अग्निले आइतबार उक्त अफरका विजेताहरु सार्वजनिक गरेको हो ।

laxmi

बम्पर पुरस्कार विजेताहरुमा ताप्लेजुङ्ग निवासी किरण मैनाली, जनकपुरका सास स्टील प्रालि, विरगंजकी मीनादेवी, हेटौडा कन्सट्रक्सन र नेपालगंजका बडाइयातल पशुपंंशी तथा यग्रो फार्म रहेका छन् ।

दशैँ, तिहार, छठ र विश्वकर्मा पूजालाई लक्षित गरी संचालन गरिएको महिन्द्राउत्सव अफर¬¬ भाद्र १६गतेदेखि मंसिर १५ गतेसम्म लागु गरिएका थियो ।
यो योजनाअन्तर्गत बम्पर पुरस्कारमा महिन्द्रापावरोल ५ केभीए डिजी (डिजेल जेनरेटर) राखिएको थियो ।

यस योजना अन्तर्गत महिन्द्रा ट्रयाक्टर खरिद गरेका हरेक ग्राहकलाई निश्चित उपहारको रुपमा महिन्द्रा रोटाभेटरमा ५० प्रतिशत छुट वा पानासोनिकको ४२ इन्चको स्र्माट एलइडी टिभि साथै १ जनाका लागि ५ लाख बराबरको दुर्घटना विमाको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL