Logo

नर्भिक हस्पिटलमा माघ २ देखि कोभिड ओपिडी, गुणस्तरीय उपचार र परामर्श सेवा दिने

नर्भिक हस्पिटलमा माघ २ देखि कोभिड ओपिडी, गुणस्तरीय उपचार र परामर्श सेवा दिने



काठमाडौं । कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै नर्भिक इन्टरनेशनल हस्पिटलले माघ २ गतेदेखि ‘कोभिड ओपिडी क्लिनिक सेवा’ सञ्चालन गर्ने भएको छ । अस्पतालमा आउने अन्य बिरामीहरूलाई संभावित संक्रमणबाट बचाउन र संक्रमितलाई विशेषज्ञ बाटै गुणस्तरीय सेवा दिन अलग्गै स्थानमा ‘कोभिड ओपिडी सेवा’ संचालन गर्न लागिएको नर्भिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रले जानकारी दिएका छन् ।

अस्पताल प्रशासनका अनुसार माघ २ गतेदेखि नर्भिकको पार्किङ क्षेत्र नजिकै अलग्गै स्थानमा निर्मित भवनमा कोभिड ओपिडी सेवा संचालन हुनेछ । कोभिड ओपिडीमा विशेषज्ञहरूले कोभिड भएका वा कोभिड भइसकेकाहरूमा देखिनसक्ने स्वास्थ्य समस्याको विषयमा गुणस्तरीय परामर्श सेवा दिनेछन् ।

चेष्ट फिजिसियन सहितका विशेषज्ञहरूबाट परामर्श सेवासहित अस्पताल भर्ना गर्नुपर्ने कोभिड संक्रमितहरूलाई त्यही रहेको कोभिड वार्ड तथा कोभिड आइसियूमा राखी उपचार गरिने पनि अस्पतालले जनाएको छ । कोभिडबाट संक्रमित भई सामान्य स्वास्थ्य समस्या भोग्ने र कोभिडपछि पनि विभिन्न समस्या भोग्नेहरूलाई लक्षित गरी डेडिकेटेड चिकित्सकसहितको ‘कोभिड ओपिडी’ संचालन गर्ने नर्भिक सम्भवतः देशकै पहिलो निजी क्षेत्रको अस्पताल हो ।

यसअघि नर्भिक तथा अन्य अस्पतालहरूले फिभर क्लिनिक संचालन गरे पनि कोभिड संक्रमितलाई नै लक्षित गरी ओपिडी सेवा नै भने सुरु गरेका थिएनन् । यसअघि नर्भिक अस्पतालले कोभिड भइसकेकाहरूमा देखिने जटिल स्वास्थ्य समस्याको समयमै निराकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले ‘पोस्ट कोभिड प्याकेज’ कार्यान्वयनमा ल्याएको थियो । कोभिड निको भएर पनि विभिन्न समस्या भोगिरहेका सयौं बिरामीले निकै सस्तो मूल्यको यो प्याकेज लिएर गुणस्तरीय परामर्श सेवा र उपचार पाएको अस्पतालले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL