Logo

बिमक संघको अध्यक्षमा चंकी क्षेत्री निर्वाचित, महासचिवमा खडका चयन

बिमक संघको अध्यक्षमा चंकी क्षेत्री निर्वाचित, महासचिवमा खडका चयन



काठमाडौं । नेपाल बिमक संघको अध्यक्षमा चंकी क्षेत्री निर्वाचित भएका छन् । यसअघि संघको महासचिव रहेका क्षेत्रीलाई शुक्रबार सम्पन्न अधिवेशनले अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले निर्जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठनको उक्त अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री, महासचिवमा नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्का र कोषाध्यक्षमा आईएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकरी अधिकृत युगेशभक्त बादे श्रेष्ठ चयन भएका छन् ।

सदस्यहरुमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित ब्रजाचार्य, राष्ट्रिय बीमा कम्पनीका कामु सीईओ सुभाष कोइराला, अजोड इन्स्योरेन्सका सीईओ कुमारबहादुर खत्री, ओरियन्टल इन्स्योरेन्सका बिनोद बालचन्द्र घाते, जनरल इन्स्योरेन्स कम्पनीका रामचन्द्र श्रेष्ठ चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL