Logo

आइएमई ग्रुपद्वारा संचालित युनिमनीको र्‍याफल ड्र क्याम्पियन, आईफोन १३ र सुन जित्ने मौका

आइएमई ग्रुपद्वारा संचालित युनिमनीको र्‍याफल ड्र क्याम्पियन, आईफोन १३ र सुन जित्ने मौका



काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ र मनि ट्रान्सफर युनिमनी एक्सचेन्जबीच युनिमनीको र्याफल ड्र क्याम्पियनमा प्रमोसन पार्टनरको रुपमा समझदारी भएको छ ।

र्याफल ड्र क्याम्पियनमा सम्पुर्ण सेवाग्राहीले युनिमनी कतार मोबाइल वा युनिमनीको अफिसियल वेभसाइट मार्फत पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आइफोन–१३ र ३० जनाले २ देखि १ सय ग्रामसम्म सुन जित्न सक्नेछन् । जनवरी १ देखि सुरु क्याम्पियन १४ मार्चसम्म लागू हुनेछ । विद्युतीय च्यानलहरुको प्रवद्र्धन गर्न तयार पारिएको सोही क्याम्पियनको विजेता घोषणा विद्युतीय माध्यमबाट स्थानीय मन्त्रालयको प्रतिनिधिको उपस्थितिमा छनोछ हुनेछ ।

क्याम्पियनको बारेमा युनिमनी कतारका महाप्रबन्धक फ्लोयड जोनीले भनेका छन्, ‘हामी हाम्रा विश्वस्त ग्राहकहरुको विश्वासको लागि पुरस्कृत गर्ने डिजाइन गरिएको हाम्रो नयाँ नक्सा क्याम्पियन घोषणा गर्न पाउदा उत्साहित छौ । हामी सबै, ग्राहकहरुलाई उहाँहरुको बैंक खाता, आइएमई पे वालेट वा नगद पिक–अपको रुपमा सिधै पैसा पठाउनको लागि सबैभन्दा सुविधाजनक र सुरक्षित सेवा प्रदान गर्दछौ । हामी सबै युनीमनी एक्सचेन्ज कतारको तर्फबाट म हाम्रा ग्राहकहरुमा सफतलता साथै उक्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । ​

युनिमनीको बारेमा युनिमनी एक्सचेन्ज वित्तीय सेवाहरुको एक विविध प्रदायक हो । आइएमई लिमिटेडले आफ्ना स्थापनादेखि रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध भई सेवा गर्दै ७७ जिल्लाको १२ हजार बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशबाट रकम छिटो, छरितो, विश्वसनिय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

आइएमई डिजिटलले ‘आइएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवाहरु उपलब्ध गराएको छ । कम्पनीले लाखौ ग्राहकहरुलाई आफ्नो मोबाइल फोनबाट सिधै आइएमई पे डाउनलोड गरी आइएम ईको व्यवसायिक साझेदार नेटवर्क मार्फत विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL