Logo

साना किसान विकास लघुवित्तको २० औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

साना किसान विकास लघुवित्तको २० औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित



काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष खेमबहादुर पाठकको अध्यक्षतामा सम्पन्नसाधारले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७-७८ को आम्दानीबाट २५ प्रतिशत बोनस सेयर वितरण गर्न र कर प्रयोजनका लागि नगद लाभांश १.३१५ % उपलब्ध गराउन स्वीकृति प्रदान गरेकोे छ ।

laxmi

सभामा वित्तीय संस्थाका अध्यक्षले सञ्चालक समितिका तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वित्तीय संस्थाको जारी र चुक्तापुँजी रु. १ (एक) अर्ब ५६ करोड ४४ लाख १३ हजार ७२७.६० पु¥याउन २० औं साधारण सभा समक्ष प्रस्ताव गरिएको छ । प्रतिवेदन अनुसार आ.व. २०७६÷७७ को अन्त्यमा वित्तीय संस्थाको कुल सम्पत्ति रु. २४ अर्ब ३८ करोड १० लाख रहेकोमा २०७७÷७८ अन्त्यमा ७.१३% ले बृद्धि भई रु. २६ अर्ब १२ करोड पुगेको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा प्रति शेयर आम्दानी रु. ४८.९४, प्रति शेयर बुक नेटवर्थ रु. २२५.२४, निष्कृय कर्जा ०.६९%, मूल्य आम्दानी अनुपात ३३.५१, र कुल पुँजी कोष १२.५८% रहेको प्रतिवेदन सभामा प्रस्तुत भएको छ । २०७८ असार मसान्तमा वित्तीय संस्थामा लगानीमा बाँकी ऋण रु. २४ अर्ब ५३ करोड पुगेको छ ।

वित्तीय संस्थाले लघु कर्जा सेवाका अतिरिक्त पशुपालन तथा तरकारी खेती कर्जा, साना तथा मझौला कृषि उद्यम व्यवसाय कर्जा, बैदेशिक रोजगारमा जाने र गई पर्केका युवाहरुलाई लक्षित गरी सुनौलो भविष्य र समृद्धि कर्जा, कृषि कर्जा, नविकरणीय उर्जा कर्जा, इजरायलमा युवाहरुलाई कृषि तालिम, पशुधन सुरक्षण, पशुधन सुरक्षण प्रवद्र्धन, कृषि तथा पशुपालन प्रवद्र्धन, सीप तथा क्षमता विकास, सामाजिक÷साुमदायिक विकास, साना किसान सहकारी अनुसरणमार्फत महिला सशक्तिकरण तथा नेतृत्व विकास जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ ।

अहिले वित्तीय संस्थामा आवद्ध १२३३ र आवद्ध हुने क्रममा रहेका १५७ समेत १३९० साझेदार सहकारी संस्थाहरु मार्फत देशका ७६ जिल्लाका १० लाख परिवारमा ७० अर्ब हाराहारीको लघु तथा कृषि वित्त सेवा पु¥याउँदै आएको यस वित्तीय संस्थाले आगामी दिनमा नेपालका ११ लाख परिवारमा सेवा पु¥याउने लक्ष राखेको छ ।

अन्तर्राष्ट्रिय सहयोगी संघ÷संस्थाहरुसँगको समेत सहकार्यमा क्षमता विकास र सेवा विस्तारका कार्यहरु हुँदै आएका छन् । एशियाली विकास बैंकको ऋण सहयोग तथा नेपाल सरकारसँगको सहकार्यमा आ.व. २०७७÷७८ देखि ग्रामीण उद्यम लगानी परियोजना सञ्चालन गर्दै आएको छ ।

यो परियोजनाअन्तर्गत ५ वर्षभित्र सामुहिक ५० र व्यक्तिगत ५०० कृषि उद्यम सञ्चालनमा ल्याउने कार्यक्रम छ । कृषिलाई नाफामुलक व्यवसायकोरुपमा स्थापित गर्ने उद्देश्यले यो कर्जा कार्यक्रम सञ्चालन गरिएको हो । नेपालमा कृषिको रुपान्तरण र व्यावसायिकरणका लागि आवश्यक कृषि वित्त सेवा दिने मुलुककै संस्थागत विकल्पको रुपमा यस वित्तीय संस्थाको संरचनालाई सोही अनुसार सुधार गर्नुपर्ने खाँचो टड्कारो देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL