Logo

जस्मिनको अल्ट्रा थिन बेबी डाईपर सफ्ट एण्ड ड्राई बजारमा, प्रिमियम क्याटोगरीमा नेपालमै उत्पादन

जस्मिनको अल्ट्रा थिन बेबी डाईपर सफ्ट एण्ड ड्राई बजारमा, प्रिमियम क्याटोगरीमा नेपालमै उत्पादन



काठमाडौँ । नेपालको पहिलो तथा विगत १५ वर्षदेखि नेपालमै सेनेटरी प्याड तथा बच्चाको डाईपर उत्पादन गर्ने कम्पनी जस्मिन हाइजिन प्रोडक्ट प्रालिले आफ्नो उत्कृष्ट उत्पादन अन्तर्गत प्रिमियम सफ्ट एण्ड ड्राई प्रिमियम प्यान्ट्स बजारमा ल्याएको छ । 

laxmi

सफ्ट एण्ड ड्राई प्रिमियम प्यान्ट्स उच्च गुणस्तरको रव मेटेरियल्सहरु प्रयोग गरी उत्पादन गरिएको प्रिमियम क्याटोगरीमा नेपालमै उत्पादन भएको पहिलो डाईपर हो । सफ्ट एण्ड ड्राई प्रिमियम प्यान्ट्स अल्ट्रा थिन हुनुको साथै सुपर सफ्ट पनि छ ।

नेपालमै पहिलो पटक उत्पादित अल्ट्रा थिन डाइपर भएकोले सफ्ट एण्ड ड्राई लगाउन सजिलो हुनुको साथै बल्की डाईपर जस्तो ठूलो देखिदैन । यस डाईपरमा थ्रीडी इम्बोस्ड टपशीट रहेको छ जसमा हुने अल्ट्रा अबसोरबिंग होल्सले बढी सोस्ने तथा हावाको सर्कुलेसन बनाई राख्ने काम गर्दछ जस कारण बच्चाको छाला सुख्खा र नरम भैराख्दछ ।

एन्टी ब्याक्टोरियल खुबि भएको यस डाईपरले रासेस र लिकेज हुन दिदैन भने कम्पोजिट कोरले डाईपरमा डल्लो पर्ने समस्या निराकरण गर्छ । साथै यस डाईपरमा भएको थ्री लाइन वेटनेस इन्डीकेटरले कलर चेन्ज गरी इाईपर बदल्न सुझाव पनि दिन्छ । 

विभिन्न उत्कृष्ट फिचरहरुले भरिएको सफ्ट एण्ड ड्राई प्रिमियम प्यान्ट्स अति नरम भएकोले आमाहरुले एक पटक प्रयोग गर्नुपर्ने कुरा कम्पनिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL