Logo

स्कोडाको नयाँ ‘स्टेट-अफ-द-आर्ट’ सोरुम बिर्तामोडमा : सेल्स, सर्भिस र स्पेयर्सको सुविधा

स्कोडाको नयाँ ‘स्टेट-अफ-द-आर्ट’ सोरुम बिर्तामोडमा : सेल्स, सर्भिस र स्पेयर्सको सुविधा



काठमाडौँ । नेपालका लागि युरोपको अटो मोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बिर्तामोडमा नयाँ स्टेट–अफ–द–आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स)फेसिलिटी सुरु गरेको छ ।

हलेसी अटोमोबाइलले पूर्वी नेपालमा स्कोडाको विक्री र विक्रीपछिको सेवाको जिम्मेवारी पाएको हो । नेपाली बजारमा स्कोडाको पकड बलियो बनाउन र स्कोडा कारको उपलब्धता बढाउन एमएडब्लु स्कोडाले आफ्नो डिलर सञ्जाललाई विस्तार गर्दै आएको जनाएको छ ।

स्कोडाको नयाँ सोरुमको उद्घाटन बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईँ र एमएडब्लु स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रूपमा गरेका थिए । हाल पोखरा, नारायणबाट, विराटनगर, बुटवल, जनकपुर, धनगढी र काठमाडौँमा स्कोडाको डिलर सीप रहेको कम्पनीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL