Logo

इसेवा मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकवीच सम्झौता, आन्तरिक रेमिट्यान्स् पठाउनसमेत सहज

इसेवा मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकवीच सम्झौता, आन्तरिक रेमिट्यान्स् पठाउनसमेत सहज



काठमाडौं । देशभर तथा विश्वका दुई सय भन्दा बढी मुलुकबाट डिजिटल रेमिट्यान्स्लाई कारोवारलाई प्राथमिकता दिँदै आएको इसेवामनी ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकवीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

सम्झौतापत्रमा इसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले हस्ताक्षर गरे । स सम्झौताअन्तर्गत, अब विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पठाएको नगद रेमिट्यान्स्, राष्ट्रिय वाणिज्य बैंकका मुलुकभर रहेका २५६ वटा शाखा, ९८ वटा शाखा रहित बैंकिंग केन्द्र तथा ३४ वटा एक्स्टेन्सन काउन्टर बाट सजिलै भुक्तानी लिनसकिनेछ । साथै, राष्ट्रिय वाणिज्य बैंकबाट पठाएको आन्तरिक रेमिट्यान्स् पनि नेपालभरी रहेका इसेवामनी ट्रान्सफरका १०,००० भन्दा धेरै एजेन्टबाट सहजै प्राप्त गर्न सकिनेछ ।

यसैगरी, चाँडै नै, राष्ट्रिय वाणिज्य बैंकका खाता ग्राहिले यस बैंकको मोबाइल एप अर्थात “आर्.बि.बि स्मार्ट“ प्रयोग गरेर देश तथाविदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पठाएको नगद रेमिट्यान्स् सिधै आफ्नो बैंक खातामाप्राप्त गर्न सकिनेछ । साथै, मोबाइल एपबाट इसेवामनी ट्रान्सफरको रेमिट्यान्स् सेवाप्रयोग गरेर देशभर आन्तरिक रेमिट्यान्स् पठाउन समेत सकिनेछ ।

इसेवामनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । इसेवामनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवामनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट समुहको भगिनी कम्पनी हो ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आधाशताब्दीभन्दा बढी समयदेखि देशव्यापी रूपमा आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेर, २०२२ माघ १० गते स्थापना भएको बैंक, ६ वैशाख २०६३ मा पब्लिक लिमिटेड कम्पनीको रूपमा पुन दर्ता भएको थियो र हाल, नेपाल राष्ट्र बैंकबाट “क“वर्गको इजाजतपत्र वित्तीय संस्थाको रूपमा सञ्चालन भई रहेको छ । हाल, ७ प्रदेश र ७७ वटै जिल्लामा रहेका २६० शाखाहरुका साथ्, राष्ट्रिय वाणिज्य बैंक मुलुककै सबैभन्दा धेरै ग्राहकहरूको संख्या भएको र सबैभन्दा धेरै रुचाइएको बैंक बन्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL